जम्मै समस्याको जड जीएमसीसी नै हो, शीघ्र बैठक हुन अनिवार्य छ-मञ्च

रम्फुः गोर्खाल्याण्ड आन्दोलन समन्वय समितिका एक घटक संस्था जनान्दोलन टेवा मञ्चले पहाडका दलहरूबीच चलिरहेको दोषारोपणको घटनाले आन्दोलनलाई प्रभाव पारिरहेको बताएको छ।

मञ्चका अध्यक्ष चन्दन गुरूङको अध्यतामा बसेको समिक्षा सभामा पहाडको राजनीति, आन्दोलन र यसका प्राप्तिहरूबारे छलफल गरेको मञ्चका प्रसारप्ररसार सचिव विपल घलेले बताएका छन्।

मञ्चका सचिव छिरिङ शेर्पाले आन्दोलनमा आइरहेका विचलनमा जीएमसीसीको प्रमुख भूमिका रहेको बताएका छन्। ‘आजको सभामा यसबारे पनि चर्चा गरियो, जीएमसीसी कमजोर भएकै कारण यी जम्मै समस्या आइपरेको हो,’  उनले भने, ‘जीएमसीसीलाई कमजोर रवैया अप्नाउन दिइरह्यो भने आन्दोलन असफल बन्ने निश्चित छ। यसै कारण एउटा राष्ट्रीय फोरम बनाउन अनिवार्य छ।’

उनले अहिले विभिन्न दलहरू आफूआफू कार्यक्रम गर्नुमा पनि जीएमसीसी नै दोषी रहेको भन्दै शीघ्र नै जीएमसीसीले एउटा बैठक बोलाएर सबैलाई गोलबद्ध गरेर कार्यक्रमहरूको घोषणा गर्नु अनिवार्य रहेको पनि बताएका छन्। पहाडका दलहरूले पनि शीघ्र नै एकार्कालाई दोषारोपण गर्ने काम बन्द गर्नपर्ने मञ्चको सुझाव रहेको पनि उनले बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन