गोजमुमोलाई झुल्के घाम, गोरामुमोलाई ड्रम, जापलाई दुइ पात

  • मोहन लामा, दार्जीलिङ

दार्जीलिङ नगरपालिकामा गोजमुमोका 32, तृणमूल कङ्ग्रेसका 20, गोरामुमो 12, जाप 5, माकपा 4 र स्वतन्त्र उम्मेद्वार 22 जना छन्। यसरीनै खरसाङका 20 वटा वार्डमा गोजमुमो 20, तृणमूल कङ्ग्रेस 14, गोरामुमो 6, जाप 6 अनि स्वतन्त्र उम्मेद्वार 10 जना छन् भने मिरिक नगरपालिकाका 9 वार्डको चुनाउमा 34 जना उम्मेद्वार मैदानमा खड़ा भएका छन्। जसअनुसार, गोजमुमो 9, तृणमूल कङ्ग्रेस 7, गोरामुमो 2, जाप 6  र स्वतन्त्र उम्मेद्वार 10 जना छन्।

दार्जीलिङ नगरपालिका चुनाउमा सहभागिता जनाउने सबै पार्टी अनि स्वतन्त्र उम्मेद्वारहरुका लागि आ-आफ्नो चुनाउ चिन्ह निर्धारित भयो। जसअनुसार, गोजमुमोले दार्जीलिङमा चुनाउ चिन्ह झुल्के घाम पाएको छ भने जापलाई दुइ पात, गोरामुमोलाई ड्रम चुनाउ चिन्ह प्राप्त भएको छ। यसबाहेक तृणमूल कङ्ग्रेसले घाँसफूल र माकपाले हँसिया-मार्तोल-तारा आफ्नै स्थायी चुनाउ चिन्हमा चुनाउ लड़्नेछन्।

जन आन्दोलन पार्टी

यसबाहेक अधिकांश स्वतन्त्र उम्मेद्वारहरूले चुनाउ चिन्ह सिँड़ी, धनुकाँड़लगायत अन्य पाएका छन्। आज चुनाउ चिन्ह वितरणका साथै नामाङ्कन फिर्ता लिने अन्तिम दिन धेरैजना उम्मेद्वारहरूले नामाङ्कन पत्र फिर्ता लिएपछि दार्जीलिङ नगरपालिका चुनाउको मैदानमा 95 जना उम्मेद्वार रहेका छन् भने खरसाङमा 56 जना र मिरिकमा 34 जना उम्मेद्वार छन्।

नामाङ्कन फिर्ता लिने अन्तिम दिन आजको रेकर्डअनुसार, दार्जीलिङ नगरपालिकामा गोजमुमोका 32, तृणमूल कङ्ग्रेसका 20, गोरामुमो 12, जाप 5, माकपा 4 र स्वतन्त्र उम्मेद्वार 22 जना छन्। यसरीनै खरसाङका 20 वटा वार्डमा गोजमुमो 20, तृणमूल कङ्ग्रेस 14, गोरामुमो 6,

तृणमूल कङ्ग्रेस

जाप 6 अनि स्वतन्त्र उम्मेद्वार 10 जना छन् भने मिरिक नगरपालिकाका 9 वार्डको चुनाउमा 34 जना उम्मेद्वार मैदानमा खड़ा भएका छन्। ज

गोर्खा जनमुक्ति मोर्चा

सअनुसार, गोजमुमो 9, तृणमूल कङ्ग्रेस 7, गोरामुमो 2, जाप 6  र स्वतन्त्र उम्मेद्वार 10 जना छन्।

यद्यपि, मिरिक नगरपालिकामा गोजमुमोका सम्भावित अध्यक्ष उम्मेद्वार ध्रुब बम्जनको नामाङ्कन रद्द भएकोले पार्टीले निराशा पनि जनाएको छ। यद्यपि, यस वार्डमा गोजमुमोका डमी उम्मेद्वार पार्टीका आधिकारिक उम्मेद्वार भएका छन्। यसैबीच, आज नामाङ्कन फिर्ता गर्ने अन्तिम दिन गोजमुमोले दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17-बाट खड़ा गरेका उम्मेद्वार रामजन गोलेका डमी प्रार्थी कृष्ण बर्मेले आफ्नो नामाङ्कन फिर्ता लिएनन्।

गोर्खा राष्ट्रीय मुक्ति मोर्चा

जसको फलस्वरूप कृष्ण बर्मे पनि अब यस वार्डबाट स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाउ लड़्ने निश्‍चित भएको छ। यसबाट दार्जीलिङ जिल्लाअन्तर्गत पर्ने दार्जीलिङ, खरसाङ अनि मिरिक नगरपालिका चुनाउमा भाग लिने

मार्क्सवादी कम्युनिष्ट पार्टी

उम्मेद्वारहरुको सङ्ख्या 185 जना भएको छ भने अधिकांश वार्डहरुमा गोजमुमोले आफ्नै पार्टीका बागी उम्मेद्वारहरुको पनि चुनौतीको सामना गर्नुपर्ने स्पष्ट भएको छ। तरै पनि गोजमुमो अध्यक्ष विमल गुरूङले आजदेखिनै दार्जीलिङ नगरपालिका क्षेत्रका विभिन्न वार्डहरुको भ्रमण गरेर चुनाउ प्रचार अभियानलाई तीव्र पारेका छन्।

यसैबीच, कालेबुङ नगरपालिकामा 5 वटा पार्टी र स्वतन्त्र उम्मेद्वार लगाएर मोठ 102 जना उम्मेद्वार मैदानमा खड़ा भएका छन्। जसअनुसार, गोजमुमोका एकजना उम्मेद्वारको नामाङ्कन रद्द भएपछि कालेबुङमा गोजमुमोका केवल 22 जना मात्रै उम्मेद्वार मैदान रहेका छन् भने जापका 23, माकपाका 9, गोरामुमो 3, तृणमूल कङ्ग्रेसका 19 र स्वतन्त्र उम्मेद्वार 26 जना छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन