कामी बोर्डद्वारा सिलगढीमा मुख्यमन्त्रीलाई स्वागत

 कालेबुङः के पहाड़को राजनैतिक माहोल साँच्चै बदलिँदै गरेको हो त ? राज्यकी मुख्यमन्त्रीको आगमन अवधि बागडुग्रा पुगेका बोर्डका सदस्यहरूलाई देख्दा यही अनुभव गराउँथ्यो। पहाड़ बन्दपछि पहिलोचोटि सिलगड़ीमा बैठक डाक्दा दुईवटा बोर्डका प्रतिनिधि बाहेक अरू कोही पुग्न सकेको थिएन। यद्यपि बन्दको 90 दिनपछि बैठक बोलाउँदा पहाड़मा दलहरू मात्रै बैठकमा सहभागिता जनाउन उत्सुक छैन, तर बोर्डका प्रतिनिधिहरूले पनि खुलेर अघि आउँदै स्वागत जनाउन शुरू गरेको छ।

पहाड़ बन्दको 89 औ दिनमा सिलगड़ी आइपुगेकी राज्यकी मुख्यमन्त्रीलाई स्वागत जनाउन यसचोटि विकास बोर्डका प्रतिनिधिहरू बागडुग्रा पुगेका थिए। सम्भावत पहाड़ बन्दको यति लामो अवधिपछि पहिलोचोटि बोर्डका प्रतिनिधिहरूले मुख्यमन्त्रीको भव्य स्वागतमा बोर्डका प्रतिनिधिहरू सड़कमा ओर्लिएका थिए।

मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतमा आज कामी विकास बोर्डका उपाध्यक्ष यकीन लामिछानेको नेतृत्वमा एउटा टोली बागडुग्रा पुगेको थियो। जहाँ टोलीले मुख्यमन्त्रीलाई भव्य स्वागत जनाएको छ। पहाड़ बन्दपछि पहिलोचोटि मुख्यमन्त्रीले 22 जूनको दिन सिलगड़ीमा सर्वदलीय बैठक डाकेको थियो। त्यसताक पनि जातिको हितमा केवल आफूहरूले बैठकमा सहभागी जनाएको बताउँदै उपाध्यक्ष यकीन लामिछानेले भने, माँ माँटी मानूसको पक्षमा हामी सधै उभिने छौं।

पहिलो बैठकमा परिस्थिति अलग थियो। त्यसताक कोही उपस्थित नहुँदा पनि हामीले सहभागिता जनायौं। हामी गरीब कामी समुदायको विकासको पक्षमा सधैव उभिनेछौं। जस्तै विकराल अवस्थामा पनि आफूहरू जातिको निम्ति रहने छौं। मुख्यमन्त्रीले पहाड़प्रति चालेको पदक्षेप महत्वपूर्ण रहेको जनाउँदै मुख्यमन्त्रीकै पहलमा पहाड़मा शान्तिको माहोल बनिने कुरामा आफूहरू आश्वस्त रहेको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन