खरसाङमा दुइवटा स्थानमा सन्देहजनक स्थितिमा भेट्टाइएको बमले आतङ्क

खरसाङ: खरसाङ बजारको दुईवटा स्थानमा सन्देहजनक स्थितिमा भेट्टाइएको बमले खरसाङ बजार दिनभरि आतङ्कित बन्यो। बिहान लगभग २ बजेतिर पुलिस अधिकारीहरुले बजारको दुइवटा स्थान बाटा अघिल्तिरको सडकमा अनि मोटर स्ट्याण्डमा भएको बम भेट्टाइएकोले बिहानदेखि नै पुलिस सुरक्षाबीच बलुवाको बोराले घेरेर राखियो।

बिहान ५.३० बजेदेखि नै मानिसहरुमा बमको त्रास फैलिएको थियो। खरसाङभरि नै दिनभरि बमको आतङ्कले जनतामा त्रास रहिरह्यो। बिहान लगभग १०.३० बजेतिर पश्चिम बंगालको सीआईडीको बम स्कड टोली आएर दुइवटा बमलाई निष्क्रिय गरेका छन्।

सर्वप्रथम बाटा अघिल्तिरको सडकमा राखिएको बम जस्तै कागजको बण्डललाई कडा सुरक्षाबीच बम स्कड टोलीले कडा मेहनत गरी बाल्टीमा हालेर गाडीमा राखेर लागियो। त्यसरी नै मोटर स्ट्याण्डमा भएको बमलाई पनि उक्त टोलीले निष्क्रिय गरेका छन्। तर त्यो बम नभएर पुरानो चार्जेबल टर्च लाइट रहेको देखिएको थियो। तर पनि दुइवटै सन्देहजनक स्थितिमा भेट्टाइएको वस्तुलाई सीआईडीको टोलीले खरसाङको गौरी शंकर चियाबारीस्थित खुल्ला मैदानमा लगेर निष्क्रिय गरेका छन्।

अन्तमा दुइवटै सन्देहजनक स्थितिमा भेट्टाइएको वस्तुमा बम जन्य वस्तु केही नभएको जानकारी प्राप्त भएको छ। बम विषयमा पुलिस अधिकारीहरु र सीआईडीको टोलीले पनि केही भन्न मानेनन्। घटनास्थानमा खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्त,आईसी पारिजात सरकार लगायत अन्य पुलिस अधिकारीहरु पनि उपस्थित थिए। अन्तमा गएर बम जन्य वस्तु नभेट्टाइए पनि बमको आतङ्कले खरसाङ शहर दिनभरि आतङ्कित भने बन्यो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन