मदन तामाङ हत्याकाण्ड: भिडियो कन्फरेन्सिङमार्फत् सुनवाइ गराउने निर्देश सुप्रिम कोर्टको: नेटबन्दीमा भिडियो कन्फरेन्सिङ सम्भव नहुने गुनासो दार्जीलिङ कोर्टको

सिलगढ़ी: पहाड़मा इन्टरनेट प्रतिबन्ध गर्ने राज्य सरकार। त्यही इन्टरनेट चलाऊ भन्ने सुप्रिम कोर्ट। पहाड़मा गत अढ़ाइ महिनादेखि इन्टरनेट प्रतिबन्ध भएको मार अब जनतामात्र नभेर सरकार आफैले पनि खप्नु परेको देखिएको छ।  

यो अन्तर्विरोधी स्थिति पैदा भेको हो अभागोली नेता मदन तामाङ हत्याकाण्डको सुनवाइ लिएर। हत्याकाण्ड मामिलाको सुनवाइका लागि कलकत्तामा उपस्थित हुन नसक्ने पहाड़का आरोपीहरूलाई भिडियो कन्फरेन्सिङको माध्यमबाट बयान लिने निर्देश सर्वोच्च न्यायालयले दिएको छ। बङ्गाल राज्य सरकारको इन्टरनेट प्रतिबन्ध गर्ने निर्णयसँग यो निर्देश बाझेको छ। किनभने जबसम्म पहाड़मा इन्टरनेट सेवा बहाली हुँदैन तबसम्म यो निर्देशको पालन राज्य न्यायपालिका आफैले गर्न नसक्ने असमर्थताले यो मामिलाको सुनवाइमाथि नै प्रश्नचिह्न खड़ा गरिदिएको छ।

किनभने धेरजसो आरोपी नै कलकत्ता सिटी सेसन्स कोर्टमा यसअघि पनि उपस्थित रहेनन्। आरोपी उपस्थित नरहेको खण्डमा भिडियो कन्फरेन्सिङको माध्यममा आरोपीको बयान लिइन सकिने न्यायिक प्रावधान रहेको छ। यही प्रावधान प्रयोग गर्ने निर्देश सर्वोच्च न्यायालयले राज्य न्यापालिकालाई दिएको हो। तर यो निर्देश यस्तो समयमा आएको छ जब भिडियो कन्फरेन्सिङका लागि चाहिने मूल पूर्वाधार इन्टरनेट नै पहाड़मा ठप्प छ। अब राज्य सरकार र राज्य न्यापालिकाले यो निर्देशको कसरी पालन गर्ने हो, त्यो चाखलाग्दो विषय छ।

अर्कोतिर, स्थानीय दार्जीलिङ सेसन्स कोर्टले त खुलेरै यो निर्देश पालन गर्न असुविधा अड़चन रहेको कलकत्ता सिटी सेसन्स कोर्टलाई जनाइसकेको पनि छ। भनिएको छ, एक त पहाड़मा इन्टरनेट प्रतिबन्धित छ। अर्कोतिर, केवल २०० वर्गफीट क्षेत्रफल रहेको भिडियो कन्फरेन्सिङ हलमा सबै आरोपीहरूलाई अटाउन मुस्किल हुनेछ।

सञ्जोगवश, १२ सेप्टेम्बरमा सिलगढीको उत्तरकन्यामा आयोजित अल पार्टी सभामा इन्टरनेट बन्द उठाउनेबारे न त सरकार पक्षले बोलेको छ न नै पहाड़को कुनै राजनैतिक पार्टीले उठाएको छ।

स्मरण रहोस्, हत्याकाण्डको अघिल्लो मिति १८ सेप्टेम्बर तोकिएको छ।        

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन