डेढ करोड गोर्खाहरुले बोनसको लागि आन्दोलन गरेको होइन-हेम राई

खरसाङ: दार्जीलिङ पहाड र भारतभरिको डेढ करोड गोर्खाहरुले बोनसको लागि आन्दोलन गरेको होइन। हाम्रो ११ जना शहीदहरु क्षतिपूर्ति पाउनलाई शहीद भएका होइनन् भनी गोजमुमो सोनादा पचेङ समष्टीको सचिव हेम राईले आरोप लगाएका छन्।

तिनले चियाबारी स्रमिकहरुको बोनसको निम्ति विभिन्न पार्टीका लेवर युनियनहरु छन् ,११ जना जातीय अस्तित्व र पहिचानको मुद्दा गोर्खाल्याण्डको निम्ति शहीद भएका हुन् अनि पहाडका जनताले गोर्खाल्याण्डको निम्ति ९० दिनसम्म बन्दमा विभिन्न यातना सहेका छन् भनी बताएका छन्।

समष्टी सचिव हेम राईले आरोप लगाउँदै विनय तामाङ र अनित थापाले चियाबारी मजदुरहरुको बोनस , कर्मचारीहरुको तलब अनि शहीदहरुको कम्पन्सेशनको लागि मुख्यमन्त्रीसित कुरा उठाएर तुच्छ राजनीति गरेको आरोप लगाएका छन्। तिनले चिया मजदुरहरुको हाजिरा ५३ रुपियाँदेखि गोजमुमोले नै ९० रुपियाँ अनि १३२ रुपियाँ बनाएको बताउँदै मोर्चाले पर्चापट्टा,निम्नतम रोजगार अधिनियम अनुसार दैनिक रोज हुनपर्ने माग गोजमुमोले नै गरेको भनी बताउँदै यी मागहरु पनि जारी छ तर अहिले यो मांग राख्ने समय होइन ।अहिले गोर्खाहरुको भविष्य दाउमा छ ‌त्यसैले यसको मांग उठान गर्नु उचित थियो भनेर आरोप लगाएका छन्।तिनले अघि भने गोर्खाल्याण्ड माग्नेहरुले विनय तामाङ र अनित थापाले यो गर्छ कि त्यो गर्छ भनेर डराउनु हुदैन । पूर्व सभासदहरुले पनि आफ्नो अडान स्पष्ट पार्नु पर्ने बताउँदै कर्मचारीहरुको वेतनको लागि काम गर्नु जरुरी छ तर यो समय त्यस्तो काम गर्ने समय होइन कारण हामीले सहुलियतको लागि आन्दोलन गरेका होइनौं भनी बताएका छन्।कर्मचारीहरुले १ महिनाको वेतनको लोभ गर्ने छैनन् बरु उनीहरुले १ हजार महिनाको वेतन पनि गोर्खाल्याण्डको निम्ति माया मर्नेछन् भने।तिनले जनताको माग छुट्टै राज्य गोर्खाल्याण्ड हो अनि जनाकांक्षा र जनता बिमल गुरुङसित छ भन्दै विनय तामाङले जनता आफ्नो पक्षमा छन् भन्छन् भने सुरक्षाबिना नै घर गएर देखायोस् भनी हेम राईले चुनौती राखेका छन् ‌।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन