पहल टोली दिल्लीमाः विद्यार्थीहरूसित विमर्श गर्दै

दिल्लीः दार्जीलिङका प्रगतिवादी एक्टिभिस्टहरूको पहल टोली विश्वविद्यालयका गोर्खा विद्यार्थीसित विमर्श गर्न दिल्ली पुगेको छ।

हिजो डीयु अनि जेएनयुका गोर्खा विद्यार्थीहरूसित दार्जीलिङको ताजा स्थिति अनि पहलको सांस्कृतिक आन्दोलनबारे विमर्श गरिएको उमेश परियारले दिल्लीबाट जानकारी दिएका छन्।

18 जनाको पहल टोलीले आज जन्तरमन्तरमा पनि कार्यक्रम गर्ने भएको छ। हिजो डीयुका विद्यार्थीहरूबीच गोर्खाल्याण्ड आन्दोलनका सङ्कटहरूबारे विमर्श भएको थियो। त्यहीँ प्रतीक राईले जनवादी गीत प्रस्तुत गरेका थिए भने दार्जीलिङका कविहरू लेखनाथ छेत्री र छेवाङ योञ्जनले कविता वाचन गरेका थिए।

पहल टोलीका नाइके टीका भाइले पहल सांस्कृतिक अभियानबारे अनि आन्दोलनबारे विद्यार्थीहरूसित विमर्श गरे। यता जेएनयु साबरमति ढाबामा पनि टीका भाइले आफ्नो अभियानबारे विद्यार्थीहरूलाई जानकारी दिए।

विनिता राई, विनोदकुमार, सुमित्रन बसुलगायत अन्य एक्टिभिष्टहरूले पनि पहलका सदस्यहरूसित विमर्श गरेको परियारले जनाएका छन्।

यसबीच प्रदीप लोहागुण, छेवाङ योञ्जन, उमेश परियार र लेखनाथ छेत्रीले हिन्दीमा जनवादी कविता प्रस्तुत गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन