
- डी.के. वाइबा, कालेबुङ
गोर्खा जनमुक्ति मोर्चाबाट टिकट नपाएपछि रुष्ठ बनेर निर्दलिय प्रार्थीका रुपमा चुनावी मैदानमा खडा भएका शेखर मेकडोनाल्डले पनि आफ्नो उम्मेद्वारिता फिर्ता लिएका छन्।
नगरपालिका चुनावका निम्ति कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरुबाट मोठ 102 जना प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन्। आगमी 14 मईका दिन सम्पन्न हुने चुनावका निम्ति नामङ्कन पत्र दर्ता गरेका प्रार्थीहरूले आज अन्तिम दिन आ-आफ्ना नामङ्कन पत्र फिर्ता लिएपछि चुनाव लड्ने प्रार्थीहरूको सङ्ख्या 102 पुगेको छ। जसमध्ये विभिन्न राजनैतिक दलहरूबाट 76 जना प्रार्थीहरू रहेका छन् भने 26 जना स्वतन्त्र उम्मेद्वारहरू रहेका छन्।
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा नै जन आन्दोलन पार्टीले 23 जना प्रार्थीहरू चुनावी मैदानमा उतारेका छन् भने गोर्खा जनमुक्ति मोर्चाबाट केवल 22 जना प्रार्थीहरू मात्र रहेका छन्। गोजमुमो पार्टीको 15 नम्बर वार्डका प्रार्थी सुधा लामाको नामङ्कन पत्र रद्द भएको कारण मोर्चाको एकजना प्रार्थी घटेको छ भने उक्त वार्डबाट गोजमुमो पार्टीको स्वतन्त्र उम्मेद्वार रहेको छ। यता तृणमूल कङ्ग्रेस पार्टीबाट 19, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबाट 3 अनि मार्क्सवादी कम्युनिष्ट पार्टीबाट 9 जना प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन्।
अघिबाटै नगरपालिका चुनावका निम्ति नामङ्कन पत्र दर्ता गरिसकेका प्रार्थीहरूले आज आफ्नो नामङ्कन पत्रफिर्ता लिन सक्ने सुविधा रहेको थियो। नामङ्कन पत्र फिर्ता लिने समय सिमा भित्रमा माकपाका प्रार्थी प्रविण प्रधान (वार्ड न. 1) अनि रवी प्रधान (वार्ड न. 10)ले आफ्नो नामङ्कन पत्र फिर्ता लिएका छन्। यद्यपी रवी प्रधानले वार्ड न. 9 बाट भने चुनाव लडीरहेका छन्। उनीहरूले वार्ड नम्बर 1 मा स्वतन्त्रा प्रार्थीलाई सहयोग गर्ने निर्णय गर्दै फिर्ता लिएका छन् भने वार्ड नम्बर 10 बाट भने गोजमुमो प्रार्थी सुभ प्रधानलाई सहयोगको घोषणा गर्दै फिर्ता लिएको रवी प्रधानले बताएका छन्। सोहि क्रममा माकपा नेता तारा सुन्दासले पहाडमा अहिलेघरी तृणमूल कङ्ग्रेसले विभाजनको राजनीति गरिरहेको आरोप लगाउँदै त्यस विभाजनको राजनीतिलाई रोक्ने कार्य गरेको बताएका छन्। ‘हाम्रो उद्देश्य तृणमूल कङ्ग्रेसले चुनावमा जित्नु हुँदैन भन्ने हो। जुन प्रकारले पहाडमा विभाजनको राजनीति गर्दैछ त्यसलाई रोकथाम गर्नुपर्छ। माकपाले वार्ड न. मा राम्रो स्वतन्त्र प्रार्थी पाएको कारण सहयोग गरेको हो अनि वार्ड नम्बर 10 मा गोजमुमो प्रार्थी शुभ प्रधानलाई समर्थन गरेर फिर्ता गरेको हो’ तारा सुन्दासले भने। यद्यपी उनले विगतका नगरपालिकामा रहेको गोजमुमो पार्टीका वार्ड पार्षदहरूले केवल खातामा मात्र विकास कार्य गरेर भ्रष्टचार गरेको आरोप लगाउँदै भ्रष्टचारको विरुद्ध पनि आफुअहरूको लडाईरहेको बताएका छन्।
अर्कोतर्फ गोर्खा जनमुक्ति मोर्चाबाट टिकट नपाएपछि रुष्ठ बनेर निर्दलिय प्रार्थीका रुपमा चुनावी मैदानमा खडा भएका शेखर मेकडोनाल्डले पनि आफ्नो उम्मेद्वारिता फिर्ता लिएका छन्। 23 नम्बर वार्डबाट निर्दलिय प्रार्थीका रुपमा खडा भएका शेखर मेकडोनाल्डले आफ्नो उम्मेद्वारिता फिर्ता लिँदै आफुले गोखाल्याण्डको पक्षमा सकारात्म सोंचेर उम्मेद्वारिता फिर्ता लिएको बताएका छन्। ‘मलाई जनताले खडा गरेका थिए। उनीहरूलाई सोधेर नै आज आफ्नो नामङ्कन फिर्ता लिएको हुँ’ उनले भने। यसक्रममा उनले आफ्ना समर्थकहरूलाई स्वेच्छाले मतदान गर्ने अपिल समेत गरेका छन्।
कालेबुङ नगरपालिका चुनावमा खडा भएका प्रार्थीहरू –
वार्ड नम्बर | जाप | गोजमुमो | तृणमूल + गोरामुमो | माकपा | निर्दलिय प्रार्थीहरू |
1 | पुनम तामङ | कुनाल प्रधान | पवन सुन्दास | मुकेस शर्मा 1 | |
2 | प्रतिभा कुमाई | छिरिङ याङ्जो भोटिया | कल्पना दर्नाल | सरस्वती प्रधान | सत्रुघन गुप्त 1 |
3 | प्रदिप कुमार छेत्री | रवी प्रधान | ढेण्डुप भोटिया | तारा सुन्दास | पासङ भोटिया 1 |
4 | जे.ओ.सी फिपन | रुबेन खवास | मनु सिलाल (गोरामुमो) | अन्नपूर्ण चतुर्वेदी 2 | |
5 | पेमला भोटिया | धनलक्ष्मी तामङ | सुरज अग्रवाल 3 | ||
6 | रुपालि सुनुवार | निरुपा बराइली | अनिता सिञ्चुरी | दिलिप राई 4 | |
7 | मिरा छेत्री | बिमला छेत्री | तुलसी छेत्री | विना लामा 5 | |
8 | विलियम तामङ | सोनाम छेवाङ भोटिया | सोनाम भोटिया | सोनाम सेर्पा | चन्दा छेत्री 7 |
9 | सुवास प्रधान | रिञ्जी दोर्जी भोटिया | भिम अग्रवाल | रवी प्रधान | राधा छेत्री 7 |
10 | छिरिङ ढेण्डुप भोटिया | शुभ प्रधान | प्रमोद बस्नेत (गोरामुमो) | गोपाल रुम्बा, 8 | |
11 | प्रभा लामा | बबिता चौरासिया | दिपिका तामङ | जिना सुन्दास | प्रणय लामा 8 |
12 | आशिष राई | सुवास गुप्त | आशिफ अहमद अन्सारी | तारा सुन्दास | मणि कुमार योञ्जन 10 |
13 | निमेश लामा | कुमार चामलिङ | सन्दिप लामा | दिलिप कुमार साह 10 | |
14 | सोनाम वाङ्दी तामङ | एडवर्ड लेप्चा | निमा डोमा सेर्पा | फरिदा लेप्चा 11 | |
15 | मैया राई | मेरी कालिकोटे | ओम प्रकास चौरासिया 12 | ||
16 | शर्मिला सेर्पा | बरुण भुजेल | मेक्सिमस कालिकोटे | प्रमोद जैन 12 | |
17 | डेमियन लेप्चा | इन्द्रबहादुर गजमेर | सी.के कुमाई | मोहन पौड्याल 12 | |
18 | सुवाणी तामङ | मुन्ना लामा | लजिका भुजेल | रवी सुनुवार 12 | |
19 | सिमा दास | सुर्यश्री घिमिरे | मुनु बराइली (गोरामुमो) | उषा दर्जी | कला छेत्री 13 |
20 | नोर्देन पेम्पा हिस्से | सोनाम पाल्देन भोटिया | सोनाम तोप्देन भोटिया | भिम कुमार गुरुङ 13 | |
21 | निमसाङ तामङ | पासङ छिरिङ सेर्पा | जङ्गबीर तामङ | रवी सुनुवार 13 | |
22 | विमल प्रधान | फुबछिरिङ तामङ | सञ्जय लामा | गयादुन बसुर | रत्न पाख्रिन 15 |
23 | सञ्जय तामङ | लह्मु छिरिङ भोटिया | लेण्डुप पाल्देन | दशरथ राई | निमा भोटिया 21
रिञ्जी शेर्पा 21 |
केशवधोज जिम्बा 22 | |||||
रविन्द्र ढुङ्गना 22 | |||||