
सञ्जय निरौला
रिम्बिकः दार्जीलिङ जिल्लाको सिमावर्ती रिम्बिक लोधोमा समष्टिमा अहिलेघरि प्राकितिक प्रकोपले जनजीवन अत्यन्तै अस्तव्यस्त बनाएको छ। मुख्यरूपमा लगातार रूपमा परेको पानीले रिम्बिक बजारदेखि लगभग चार किलोमीटर टाढामा रहेको राजाभीरका मानिसहरू अत्यन्तै बिचल्नीमा परेका छन्।
केहि दिन अघि सानोतिनो रहेको पैह्रोको रूप आज अत्यन्तै विकराल भएको छ। हिजोसम्म पचास घरले आफ्नो सम्पत्तिको रूपमा चिनाउने घरवारि आज कहालीलाग्दो छ। गाउँमा अत्यन्तै कष्ट सहेर पन्द्र घर अहिलेसम्म रहेको भए पनि लगभग ३५ घरमा ताला लागेको छ।
मानिसहरूले आफ्नो खुन पसिनाले जोडेको सम्पत्ति पैह्रो बगाएको छ। गाउँको मानचित्र नै अलग भएको छ। एकातिर बन्दको मारमा परेको गाउँबासी प्राकृतिक मारमा पनि परेका छन्। उनीहरूले सरकारी राहतका नाममा धागोसम्म नपाइएको बताइएको छ
‘हामी त वर्वाद भयौं, न त हामी बस्ने घर नै छ, न त कमाउने घरबारी नै,’ एक पीडितले बताए, ‘घर छोडेर अन्यत्र छाहारी लिएका छौँ। पैह्रोले कसैको ज्यान लिएको छैन। तर खेतबारी सप्पैको लगिदियो।’
रमाम पावर प्रोजेक्टको कारण क्षेत्रमा पैह्रो गएको अनुमान गरिएको छ। किन भने यही राजाभीरको गर्भबाट रमाम प्रोजेक्टको निम्ति चहिने पानीको टनल लगेको छ। यति हानी भइसक्ता पनि सरकार भने मौन रहेको मानिसहरूको गुनासो छ।