खरसाङमा आज आधा बाटोसम्म मौन ऱ्यालीः शुक्रबारदेखि अनुमतिबिना ऱ्याली गर्न नपाउने

खरसाङ: गोर्खाल्याण्ड आन्दोलन र पहाड बन्दको ९२ औं दिनमा खरसाङमा बिहिबार पुलिस प्रशासनद्वारा ऱ्याली निकाल्न नदिने भनिएपनि सधैँ झैं मानिसहरू ऱ्याली गर्न भेला भएका थिए। यहाँको टुरिस्ट लजबाट ऱ्याली निकाल्न मानिसहरू भेला भइरहेको बेला पुलिस प्रशासनले अवरोध गर्ने चेष्टा गरेको थियो।

तर मानिसहरू घरबाट गोर्खाल्याण्डको मागमा ऱ्यालीमा सहभागी बन्न आइसकेका  थिए। ऱ्यालीमा आउनेहरूलाई बाटोतिर पनि पुलिस प्रशासनले रोक्ने प्रयास गरे तर मानिसहरूले ‘हामी ९० दिनसम्म बन्दको मार भोगिरहेका छौं तर हामीले सठीक परिणाम पाएका छैनौं’ भन्दै ऱ्याली गर्न जाने नै भन्दा पुलिसद्वारा आजको लागि मात्रै ऱ्याली गर्ने अनुमति दिएको थियो।

९१ दिनसम्म लगातार ऱ्याली गरेपनि आज ९२ औं दिन पुग्दा बिना अनुमति ऱ्याली गर्न नपाउने भनेर कडा सुरक्षा व्यवस्था गरिएको थियो। अन्तमा आज सबैजना घरबाट आइहालेको भन्दै  मौन ऱ्याली मात्रै गर्न पाउने अनुमति दिइयो। ऱ्याली निक्लने स्थानमा डीआईजी हुमायु कबीर, खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्त लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। ऱ्याली शुरू हुने स्थानमा नै पुलिस प्रशासनले माइकिङ गरेर आज केवल मौन जुलुस गर्ने अनुमति दिएको तर शुक्रबारदेखि अनुमतिबिना ऱ्याली गर्न नपाउने भनी स्पष्ट रूपमा सूचना प्रसारण गरे।

आजको ऱ्यालीलाई पनि बजार परिक्रमा गरी मोटर स्ट्याण्डमा जान अनुमति दिएन। ऱ्याली अस्पताल मोडको वान् वे परिसरमा आइपुग्दा बाटो छेकेर बसेका पुलिस बलद्वारा रोकियो। ऱ्यालीमा आउनेहरूलाई यहींबाट फर्किनु पर्ने आह्वान गरियो। उक्त स्थानमा नै मानिसहरूले जय बिमल र जय गोर्खाल्याण्डको नारा लगाउँदै ऱ्याली समाप्त गरे।

यही स्थानमा नै मानिसहरूले राष्ट्रिय गीत जन गण मन पनि गाए भने बन्दे मातरम र जय भारतको नारा लगाए। नारी मोर्चाका केही प्रतिनिधिहरूले बताए अनुसार गोजमुमो खरसाङ शहर कमिटीद्वारा तीन दिनको लागि ऱ्याली गर्न भनी अनुमति पत्र दिएपनि अनुमति प्राप्त नभएको जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन