सिलगढ़ीमा देहव्यापार चक्रको भण्डाफोड़: ९ पक्राउ

सिलगढ़ी: सिलगढ़ी यसै पनि चार विदेशी सीमाको चिकन नेक क्षेत्रको मुख्य लाइफलाइन हो। अर्कोतिर, पूर्वोत्तर र सिक्किमजस्ता संवेदनशील क्षेत्रसँग देशलाई जोड्ने मुख्य भौगोलिक इलाका हो। पूर्वोत्तर र सिक्किमको मुख्य लिङ्किङ पोइन्ट भएको कारणले पनि मानव ओसारपसार एवम् देह व्यापारको लागि मुख्य केन्द्र हो सिलगढ़ी।

सिलगढ़ी पुलिसले एउटा गोप्य सूत्रको आधारमा प्रधाननगरस्थित एउटा निजी होटलमा छापा अभियान चलाई देहव्यापारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ।

होटलका प्रबन्धक राजेन हंसदाले मालिकलाई सुइँको नदिई उक्त होटेलमै देह व्यापार धड़ाधड़ा चलाइरहेको आरोप लागेको छ। हंसदा सहित ४ जना पुरूष र ४ जना महिला पुलिसको कब्जामा छन्।

तीमध्ये ३ महिला सिक्किमवासी अनि १ महिला २४ परगनाको हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन