पक्रा परेका आन्दोलनकारीहरुको रिहाई शुरूःजीटीए कर्मचारीले काटिएको वेतन पाउनेछन्ः विनय

दार्जीलिङः गोजमुमोका बागी नेता विनय तामाङले जीटीए अधीनस्थ कर्मचारीहरुको 4 महीनाको बाँकी वेतन एरियरको रूपमा प्रदान गर्ने साथै उनीहरुको सर्भिस ब्रेक नहुने सरकारी आदेश जारी हुने आश्‍वासन दिएपछि यी कर्मचारीहरुले सामेबार वा मंगलबारभित्रै यो आदेश आउनुपर्ने माग गरेका छन्।

जीटीएका विभिन्न विभागहरुमा कार्यरत कर्मचारीहरु गत तीन दिनदेखि आ-आफ्नो कार्यालय जान शुरू गरेका थिए, तर हिजो यी कर्मचारीहरुको लगभग 4 महीनाको वेतन काटिने अनि एड्भान्सको रूपमा पाइने एक महीनाको वेतन 10 किस्ता गरेर  काटिने सरकारको आदेश हात पर्नसाथ हिजो यी कर्मचारीहरुले निराश बनेर कार्यालय छोड़ेका थिए अनि यस आदेशमा संशोधन नभएसम्म उनीहरुले कार्यालय नजाने पनि घोषणा गरेका थिए।

यसै विषय लिएर आज विनय तामाङले भने-गत 12 सितम्बरको दिन उत्तरकन्यामा भएको सर्वदलीय वार्तामा हामीले जीटीए क्षेत्रका कुनै पनि कर्मचारीहरुको सर्भिस बे्रेक हुनुहुँदैन, उनीहरुलाई राजनैतिकरूपमा प्रताड़ित गर्न नहुने साथै अन्य मागहरु पनि राखेका थियौं। त्यसै मागको आधारमा सरकारी आदेशहरु जारी हुने भएको छ, यसैले जीटीएका विभिन्न विभागहरुमा कार्यरत कर्मचारीहरु निराश हुन पर्दैन।

यसबारे उनले भने-जनमुक्ति अस्थायी कर्मचारी संगठनका पदाधिकारीवर्गले सर्वप्रथम सरकारले जारी गरेको ओदश राम्ररी हेर्नुपर्छ, त्यसपछि ठोस प्रतिक्रिया गरेको उचित हुनेछ। यसबारे जीटीएका कर्मचारीहरुसित सोध्दा उनीहरुले भने-13 सितम्बर 2017-को दिन राज्यको वित्त विभागका विशेष सचिवद्वारा जारी अर्डर नम्बर 5759-एफ(पी)-मा स्पष्टसित लेखिएको छ-जुन कर्मचारीहरुको मासिक वेतन जून महीनादेखि अहिलेसम्मको पूर्णरूपले वा आंक्षिकरूपमा काटिएको छ, ती कर्मचारीहरुले व्याजविहीन एड्भान्स वेतन पाउनेछन्, तर उनीहरुले 15 सितम्बरभित्र आ-आफ्नो ड्यूटी जोइन गर्नपर्नेछ।

यो सरकारी आदेश हात परेपछिनै यी कर्मचारीहरु रिसाएका हुन् अनि उनीहरुले कार्यालय नजाने निर्णय गरेका हुन्। यसबारे जीटीएका कर्मचारीहरुले एकै स्वरमा भने-हामी आफै काममा नआएको होइन, सरकारले कर्मचारीहरुलाई उचित सुरक्षा दिन नसक्दानै जीटीएका कर्मचारीहरु आफ्नो कार्यालयमा जान नसकेका हुन्। यसैले हामी पुनः आफ्नो काममा जोइन गर्न सक्तैनौं।

यसका साथै उनीहरुले आगामी सोमबार वा मंगलबारभित्र काटिएको वेतन एरियरको रूपमा भुक्तान गर्ने अनि सर्भिस बे्रक नहुने सरकारले नयाँ आदेश जारी गरे उनीहरु काममा जाने भएको बताएका छन्। उनीहरुले भने-जीटीएमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई 4 महीनाको वेतन दिनुपर्छ अनि पूजा बोनस पनि भुक्तान गर्नुपर्छ। यदि यो राशि पाउन सके यी कर्मचारीहरूलाई एड्भान्स वेतन चाहिने छैन।

यसबारे विनय तामाङले भने-गत 12 सितम्बरको दिन भएको वार्तामा सरकार र आन्दोलनकारी पार्टीहरुमाझ सम्झौता भएको छ। यस विषरूलाई यी कर्मचारीहरुले बुझ्नपर्छ अनि सबै कर्मचारीहरु आ-आफ्नो कार्यालय जानपर्छ। यसैबीच, उनले आगामी नोभेम्बर महीनासम्म गोर्खाल्यान्ड आन्दोलनको क्रममा पक्रा परेका मोठ 119 जना आन्दोलनकारीहरु जेलबाट रिहाई भइसक्ने पनि आशा व्यक्त गरे।

उनले भने-गोर्खाल्यान्ड आन्दोलनको क्रममा गत 14 सितम्बरसम्म 119 जना पक्रा परिसकेका छन् अनि उनीहरु सिलगढी, जलपाइगढभ तथा दार्जीलिङका संशोधन गृहहरुमा बन्द छन्। यी आन्दोलनकारीहरुलाई म अवश्यै रिहाई गराउनेछु। यसै क्रममा हिजो र आज गरेर 9 जना जेलबाट रिहाई भइसकेको पनि जानकारी गराए। यसैबीच, उनले दार्जीलिङ पहाड़ बिस्तारैसित सामान्य बन्दै गइरहेको अनि ब्लुमफिल्ड-ऋृषिहाट क्षेत्रका अधिकांश स्कूलहरु हिजोदेखि खोलिन थालेको पनि बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन