तीन महिनापछि खोलियो कालेबुङ नगरपालिका कार्यालयः मोर्चाको बोर्डलाई गरिएन सूचित

प्रज्ज्वल छेत्री

कालेबुङ, 18 सितम्बर।

तीन महिनापछि आज कालेबुङ नगरपालिकाको कार्यालय खोलियो। गोर्खा जनमुक्ति मोर्चाको बोर्ड रहेको कालेबुङ नगरपालिकाको कार्यालय निर्वाचित बोर्डले होइन तर प्रशासनिक अधिकारीद्वारा खोलाइएको हो। कालेबुङ नगरपालिकाका कार्यकारी अधिकारी दिपेन्दु शेखर दासले आजदेखि नगपरपालिका कार्यालय खोलिएको बताउँदै चाँडै नगरपालिकाको सबै काम सूचारू हुने बताए।

आजदेखि कालेबुङ नगरपालिका खोलिएको छ-दिपेन्दु शेखर दासले भने, नगरपालिकाको मोठ 85 जना कर्मचारीहरूमध्ये 79 जनाले आज उपस्थिति दिएका छन्।

अधाकारी दासका अनुसार तीन महिनादेखि कालेबुङ नगरपालि कार्यालय बन्द थियो। यसैले आज पहिलो दिन नगरपालिकाभित्र सर-सफाईको काम भयो। कार्यालय लामो समयसम्म अचल रहेकोले केही कम्प्यूटरहरूमा खराबी आइसकेको छ। कार्यालयभित्र बिजुली मरमत्तिको काम पनि हुँदैछ। यसैले केही दिनभित्र नगरपालिका कार्यालय व्यवस्थित भएपछि नगरपालिकाको काम सुचारू हुने दासले बताए।

दिपेन्दु शेखर दास यसअघि दार्जीलिङ कमिश्नरेटमा डेपुटी मेजिट्रेट पदमा थिए। 16 जुनका दिन उनले कालेबुङ स्थान्तरणको निर्देश पाएका हुन्। दार्जीलिङ पहाडमा अनिश्तितकालीन बन्द रहेकै समय 16 अगस्तका दिन उनी कालेबुङ नगरपालिका कार्यकारी अधिकारीको पदमा नियुक्त भएका थिए। यिनै दिपेन्दु सरकार दासले आज कालेबुङ नगरपालिका कार्यालय खुलाएका हुन्। बन्दअवधि कार्यालय खुलाउँदा अशान्ति हुनसक्ने स्थितिलाई केन्द्र गरेर नगरपालिका कार्यालय परिसरमा पुलिस बल पनि तैनाथ  गरिएको थियो।

नगरपालिका कार्यकारी अधिकारी दासको निर्देशमा आज कालेबुङ नगरपालिका कार्यालय खोलिए पनि मोर्चाको निर्वाचित बोर्डलाई भने कुनै आधिकारिक जानकारी नदिइएको नगरपालिका अध्यक्ष शुभ प्रधानले आरोप लगाएका छन्।

 

 

‘कार्यकारी अधिकारीले हामीलाई कुनै खबर गरेनन्’-नगरपालिका अध्यक्ष शुभ प्रधानले भने, ‘तर कर्मचारीहरूले हामीलाई खबर गरेका थिए हामीले कार्यालय खोल्ने निर्देश दिएनौँ।’

नगरपालिका अध्यक्ष शुभ प्रधानलाई कर्मचारीहरूले फोनमार्फत यो जनकारी गराएकी थिए की -‘शहरमा धेरै मैला थुप्रिसकेको छ। सफाई कर्मचारीहरूले दैनिक रूपमा काम गर्दैछन् तर हाजिरा लगाउन पाएका छैनन्। धेरै दिनसम्म मैला उठाउन नपाएको कारण शहरमा ढेङ्गु रोगको हल्ला पनि फैलिरहेको छ। फगिङ् गर्नुपर्ने स्थिति छ। तर सफाई कर्मचारीहरूसित ब्लिचिङ पाउडरसमेत छैन। यसैले कार्यालय खुलाउनुपर्छ।’

कार्यालय खुलाउनुपर्ने कर्मचारीहरूको सुझाउलाई आफूले आमान्य गर्दै कार्यालय खोलाए आफै जिम्मेवारी लिनपर्ने सुझाउ दिएको प्रधानले बताए।

‘मैला व्यवस्थापनको कुरा जनस्वास्थ्यसित सम्बन्धित हुँदाहुँदै पनि हामीले बन्द खोलाउने निर्देश दिन सकेनौँ’-प्रधानले भने, ‘अनिश्चितकालीन बन्द फिर्ता नभएसम्म नगरपालिका खोल्ने निर्देश दिन सक्दैनौँ।’

नगरपालिका कार्यालय खोलिए पनि जबसम्म बोर्डले कुनै पनि कामको सहमति दिँदैन तबसम्म नगरपालिकामा अधिकारीहरूको उपस्थिति महत्त्वहिन हुने प्रधानले बताए।

स्मरण गराइन्छ, तीन महिना अघि जुन समयदेखि दार्जीलङ पहाड बन्द भयो त्यसबेला भर्खरै कालेबुङ नगरपालिकामा गोर्खा जनमुक्ति मोर्चाले भर्खरै बोर्ड गठन गरेको थियो। बोर्ड गठन भएको केही दिन नबित्दै दार्जीलिङ पहाड अनश्चितकालको निम्ति बन्द भएपछि आजसम्म नव निर्वाचित बोर्डले नगरपालिकामा काम गर्न पाएको छैन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन