विमल गुरूङले गरे जिटीए-2-को विरोधः भने, शुरुबाट नै विनय तामाङहरू मोर्चाभित्र बङ्गालको एजेन्टकोरूपमा बसेका थिएछन्, उनीहरूलाई जनताले सार्वजनिक दण्ड दिनुपर्छ

दार्जीलिङः विमल गुरूङले ममता व्यानर्जीले विनय तामाङलाई प्रशासक बनाएर घोषणा गरेको जिटीए बोर्ड अब एडमिनिष्ट्रेटर्सलाई ठाडो भाषामा विरोध जनाएका छन्।

‘जिटीएले जनताको आकांक्षा पुरा नगरेको कारण नै छुट्टै राज्यको मागमा आन्दोलन भइरहेको छ। सारा गोर्खाहरूले जिटीएको निम्ति सर्वस्व गुमाएका होइनन्, फेरि पनि त्यही जिटीए थाप्नु हो भने किन आन्दोलन गर्नु?,’ विमल गुरूङले खबरम्यागजिनसित बोल्दै भने, ‘हामी यसको अस्तित्वलाई स्वीकार गर्ने छैनौं। यसले गोर्खाहरूको आकांक्षा पुरा गर्दैन, केवल विनय तामाङ र अनित थापाको व्यक्तिगत स्वार्थ मात्र पुरा गर्छ।’

उनले गोर्खाल्याण्ड आन्दोलनलाई जारी राख्न अनि जसरी जनताले राज्यका सारा चलखेललाई असफल बनाएर बन्दलाई जारी राखे उसरी नै जातिलाई धोका दिन विनय तामाङलाई सार्वजनिकरूपले दण्ड दिने आह्वान पनि गरे।

‘विनय तामाङ र अनित थापाले जातिलाई धोका दिएका छन्,’ गुरूङले भने, ‘उनीहरूले दण्ड पनि जातिबाट नै पाउने छन्। म सारा गोर्खाहरूलाई अनुरोध गर्छु जातिलाई धोका दिने विनय तामाङ र अनित थापाहरूलाई जनताले जहाँ भेट्छ, त्यहीँ दण्ड दिनुहोस्। ताकि फेरिफेरि यस्ता धोका दिने हिम्मत कसैले नगरुन्।’

विनय तामाङहरूको चरित्रबारे अहिलेमात्र आफूलाई सबै छर्लङ्ग भएको बताउँदै विनय तामाङले नै सबैभन्दा पहिले जिटीएको खेस्रा जलाएको बताए।

‘तामाङ नै हुन् सबैभन्दा पहिले जिटीएको खेस्रा जलाउने, त्यो त जनताको आँखामा धुलो हाल्ने काम थिएछ,’ उनले भने, ‘जिटीएबाट सबैलाई हटाएर आफू प्रशासक बस्ने नाटक थिएछ। तर मैले त जिटीएले जनताको आकांक्षा पूरा गरेन अब जिटीएकै सम्झौतामा लेखे अनुसार जनाकांक्षा पुरा गर्न आन्दोलन गरेको हुँ। शुरुबाट नै विनय तामाङहरू मोर्चामा बङ्गालको एजेन्टकोरूपमा पसेका थिएछन्, अहिले पो थाहा पाउँदैछु।’

एक प्रश्नको उत्तरमा गुरूङले आफूलाई आफ्ना दलका नेताहरू इमान्दार लाग्ने भएकैले सँगै आन्दोलन गरिरहेको तर अहिले आएर विनय तामाङहरूले आफ्नो रोटी सेक्न जनतालाई धोका देला भन्ने कहिल्यै नठानेको पनि  बताए।

‘जुन सरकारको पुलिसको गोलीले 11 जना शहद भए, त्यही सरकारको एजेन्ट बनेर शहिदको रगतलाई अपमान गर्ने विनय तामाङहरूले निश्चितरूपमा दण्ड पाउनुपर्छ,’ उनले अझ भने, ‘यी दुईजनाले सरकारी एजेन्टकोरूपमा काम गरेकाले मोर्चाका सबै कुरा सरकार र पुलिसले थाहा पायो, गोपनीयता केही रहेन। हामी कैयौं जङ्गलमा पुग्नु यी नै एजेन्टहरूको कारण हो।’

उनले अब असली र नकली छुट्टिसकेको बताउँदै ममता व्यानर्जीले जति नै दवाब दिए पनि आन्दोलन नछोड्ने पनि उनले बताएका छन्।

‘सबैलाई थाहा छ, बङ्गाल सरकार हामीलाई नष्ट गर्न चाहन्छ, हामीले बाँचेर काम गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो लडाईं विस्तारै जिततिर पुगिसकेको छ। त्यसैलाई रोक्न यी एजेन्ट र ममता व्यानर्जीले षडयन्त्र गरिरहेका छन्। जनताले यी सबै बुझेर धोका दिनेहरूलाई जवाब दिँदै त्रिपक्षीय वार्ताको वातावरण तयार पार्न बन्दलाई जारी राख्नुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन