पुलिस प्रशासनको दवाबमा खुल्यो 20 प्रतिशत दोकानपाट

दार्जीलिङः  दार्जीलिङमा पुलिसी आतङ्क केवल ऱ्याली गरिरहेका आन्दोलनकारीहरूमा मात्र होइन अब दोकानपाट बन्द गर्ने व्यापारीहरूमा पनि शुरु भएको छ। आज व्यापारीहरूले सल्लाह गरेर पनि तोकेको समयमा दोकानपाट नखुलेपछि पुलिसका जवानहरूले पसलका ताला तोड्न शुरु गरे।

9 बजी खोल्नुपर्ने पसलहरू 1 बजीतिर खोलिए। पसलेहरूले आफै पसल खोलेनन्, जब पुलिसले पसलका तालाहरू फुटाउन थाल्यो तब केही पसलहरू खुल्ला गरियो।

दार्जीलिङ संवाददाताअनुसार 20 प्रतिशत पसलहरू खोलिएको छ। तर पसलेहरूले स्वतस्फूर्त पसल खोलेका होइनन्। प्रशासनको दवाबमा खोलेका हुन्।

केही समयदेखि दार्जीलिङमा तीनपक्ष दोकानपाट खोल्न अथवा बन्द खोल्ने विभिन्न अभियान चलाइरहेका छन्। पुलिस प्रशासन, तृणमूल काङ्ग्रेस र विनय तामाङ समूह। यद्धपि जनताले बन्दलाई जारी नै राखेकाछन् भने पसलेहरूले भने पुलिसी सुरक्षा दिइए पसल खोल्ने मत प्रकट गरेका छन्।

यद्धपि आजदेखि बजार खोलिने हल्ला व्यापक थियो। हिजो व्यापारीहरूले बैठक गरेर पसल खोल्ने निर्णय गरेका थिए। तर आज पसलहरू तोकिएको समयमा खुलिएन। पुलिसले जबरजस्ती गरेपछि भने केही दोकानपाट खोलिन थालेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन