दार्जीलिङ पुलिसका उप-अधीक्षक अमरनाथ यादवद्वारा पत्रकारमाथि अभद्र व्यवहार

विज्ञापन

दार्जीलिङः आज दार्जीलिङ शहरका दोकानहरू पुलिस प्रशासनले जबर्जस्ती खोल्ने प्रयास गरिरहेको घट्नाको फोटो खिँच्ने कार्य गर्दा दार्जीलिङ पुलिसका उप-अधीक्षक अमरनाथ यादवले बङ्गला दैनिक समाचार पत्र वर्तमानका दार्जीलिङ संवाददाता धनराज घिसिङको क्यामेरामानै हिर्काए अनि उनीसित अभद्र व्यवहार गरे।

यस घट्नाको दार्जीलिङ प्रेस गिल्डले कठोर शब्दमा आलोचना गरेको छ भने यस विरूद्ध दार्जीलिङका पुलिस अधीक्षकसमक्ष उजुरी पनि दर्ता गरिएको छ। दार्जीलिङ प्रेस गिल्डले यस घट्ना विरूद्ध प्रेस काउन्सिल अफ् इण्डियासमक्ष पनि पत्राचार गर्ने भएको छ।

यस घट्नापछि पुलिस उप-अधीक्षक यादवले पत्रकार धनराज घिसिङसित माफी मागे पनि पत्रकारहरुमाथि यस्तो व्यवहारले दार्जीलिङ पहाड़मा पत्रकारहरु पनि सुरक्षित छैनन् भन्ने स्पष्ट भएको छ। यसैले अबउसो पहाड़का कुनै पनि पत्रकारमाथि पुलिस प्रशासनको यस्तो व्यवहार नहोस् भन्ने दार्जीलिङ प्रेस गिल्डका अध्यक्ष दीप गजमेरले अपील गरेका छन्। किनभने, गत केही दिनअघि मात्रै कालेबुङकी एक पत्रकारमाथि कालेबुङ पुलिसका एक शीर्ष अधिकारीले निर्मम लट्ठी प्रहार गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया