गोजटेमले गऱ्यो नवगठित जिटिए एडमिनिस्ट्रेटिभ बोर्डको विरोध

विज्ञापन

रम्फुः समस्त भारतीय गोर्खाहरूको जातिय उन्मुक्ति र पहिचानको शताब्दीदेखिको सङ्घर्षको बाधक बनेको टालटुले व्यवस्था जिटिएलाई वैकल्पिकरूपमा पुनर्जिवित गर्ने पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीको षड्यन्त्रको फलस्वरुप जिटिए एडमिनिस्ट्रेटिभ बोर्ड गठन गर्दै गोजमुमोका निष्कासित नेताद्वय विनय तामाङ र अनित थापालाई क्रमैले चेयरम्यान र भाइस चेयरम्यान मनोनित गरेकोमा गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्च रम्फू पूर्व सिक्किम समस्त गोर्खाल्याण्डप्रेमी जनताको पक्षमा विरोध जनाएको छ।

खबरम्यागजिनलाई विज्ञप्ति जारी गर्दै गोजटेम अध्यक्ष चन्दन गुरूङले बताएअनुसार अहिलेसम्म सयदिन अघिदेखि चलिरहेको जन आन्दोलन प्रत्यक्षरूपमा जनतालेनै गोर्खाल्याण्ड प्राप्तिको लागि भनेर जीवन्त राखेका छन्। आन्दोलन अवधि जनताले दिइरहेको प्राणाहुति,त्याग,बलिदान सम्पूर्ण नेतृत्वगणले हृदयाङ्गम गर्नुपर्छ।

‘जनता भने केवल छुट्टै राज्य प्राप्तिको निम्ति एकबद्ध र प्रतिबद्ध हुँदै आइरहेको छ, यसको विपरीत आन्दोलनलाई नेतृत्व गरिरहेको धाक पिट्ने तथाकथित नेताहरूचाहिॅ यसरी गोर्खाल्याण्ड विरोधीपक्षसँग सहयोगी भएर जातिविरोधी काम गर्ने ट्रेण्ड पहाडमा पहिलेदेखि फस्टाउँदै आएको छ अनि यसचोटि पनि त्यही क्रम दोहोरिएकोमा गोजटेम आपत्ति, रोष,विद्रोह एकैसाथ प्रकट गर्दछ,’ गुरूङले भनेका छन्, ‘आवश्यक परे अब जनताले यस्ता मिरजाफरे नेताहरूलाई सबक सिकाएर अन्य यस्ता बेइमान नेताहरूसमक्ष उदाहरण पेश गर्नुपर्ने लाखेसचेत् पनि खुलाउनुपर्ने गोजटेमले बोध गरेको छ। बेइमान नेताहरूबाट माटोको सौदा भएको अनि सोझा जनताहरूको भावनासँग खेलवाड गरेर भावी पिँढीको भविष्यलाई गहिरो खाडलभित्र जाँकेर गोर्खा जातिको अस्मिता मेटाउने घिनलाग्दो कुकृत्यको घोर विरोध गर्दै अब यी कथित गद्दार नेता भनौदाहरूलाई पहाडदेखि लखेट्ने काम समस्त जनताको हातमा छ। यी गद्दारहरूलाई समस्त जनता एक भएर पहाडदेखि लखेट्ने गोजटेमले आह्वान छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया