नेशनल गोर्खाल्याण्ड कमिटीलाई गोजटेमको समर्थन

विज्ञापन

रम्फुः गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्च रम्फू, पूर्व सिक्किमले भारतका विभिन्न राज्य अनि प्रान्तमा रहेका गोर्खा बौद्धिक एवं प्रबुद्ध व्यक्तित्वहरूका सहभागिता रहेका गोर्खाल्याण्ड राष्ट्रिय समितिलाई अग्रिम बधाई टक्राउँदै पूर्ण समर्थन जनाएको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको जन आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन तथा सही ठाउँमा गोर्खाल्याण्ड मुद्दालाई प्रस्तुत गर्न यसरी योग्य र जिम्मेवार व्यक्तित्वहरूका दह्रो एकिकृत समूहको अभाव खट्किरहेको समयमा उक्त समितिले यसको रिक्त ठाउँ भर्दै लाने काममा गोजटेम विश्वस्त रहेको पनि बताइएको छ।

गोजटेमका अध्यक्ष चन्दन गुरुङले विज्ञप्ति जारी गर्दै नवगठित गोर्खाल्याण्ड राष्ट्रिय सहमतिका संयोजक प्रो. मुनिष तामाङले आव्हान गरे अनुरूप अहिलेसम्म केवल 14 सदस्यहरु रहेका राष्ट्रिय समितिमा दशैँ अघिसम्म अन्य राजनैतिक दल तथा गैरराजनैतिक संस्थाहरुबाट पनि बौद्धिक व्यक्तित्वहरूको अझ बढी सहभागिता रहनुपर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया