ममताको लेफ्टिनेन्ट मुकुलले त्यागे टीएमसी: राज्यकै राजनीतिमा गतिलो हेरफेरको सम्भावना

विज्ञापन

राज्यमा सत्तासीन टिएमसि-लाई जोरको झट्का लागेको छ। पूर्व अनुमानित घटनाक्रममा ममता ब्यानर्जीको लेफ्टिनेन्ट र तृनमूल कङ्रेसका संस्थापक हेभिवेट नेता मुकुल रायले अचानक आज प्रेस सम्मेलनमा दल त्याग्ने घोषणा गरेका छन्। दुर्गा पूजापछी सान्सद पदबाट पनि राजीनामा दिने उनले बताएपछि राज्यको राजनैतिक माहौल तातिएर गएको छ। ममतालाई र उनको दललाई कुन परिमाणको क्षय क्षति पुग्ने हो त्यो अहिले नै आकलन गर्न नसकिए पनि यो घटनाक्रमले राज्यकै राजनीतिमा ठुलो परिवर्तन निम्त्याउने आशन्का रहेको छ।

यसको पृष्ठभूमि गतवर्षै तयार भएको थियो। केन्द्रमा भाजपा आएपछि मोदी नजीक देखिएका मुकुललाई अहंकारी ममताले पर पर गर्नथालेकी हुन्। यसैले केही महिना पार्टीबाट मुकुल टाढ़ा बसेका थिए। यसबीच नयाँ पार्टी खोल्ने सम्भावना पनि चुलिएको थियो। केही नजीकका टीएमसी नेतृत्वलाई पछि लगाएर मुकुल दार्जीलिङ पनि घुम्न आएका थिए। तर पछि यो अतरकलह साम्य भयो खोइ कसरी कसरी। यद्यपि पहिलाझैं दलका कार्यक्रमहरूमा मुकुल उति देखिनछोड़े। अहिले मुकुलको यो निर्णयले टीएमसीभित्रको कहललाई सार्वजनिक गरेको छ। जुन ममताका लागि पक्कै ठूलो झट्का हो। दार्जीलिङको आन्दोलनले पहिलाबाटै टाउको दुखिरहेको ममतालाई बङ्गालमा भाजपाको विस्तारले पनि सताएको छ। 1 अक्टोबरमाथि फोकस गरेकी ममताले मुकुलको यस्तो विद्रोहलाई कसरी साम्य गराउनेछिन्, हेर्नुछ। (उल्लेखनीय होस्, कुनै समय तृणमूल कङ्ग्रेसको राष्ट्रियस्तरको महासचिवसमेत रहेका मुकुलसँग टीएमसीको एउटा ठूलै खेमा छ)। पहाड़मा गोजमुमोलाई टुक्राएर विनय गुट तयार गर्ने ममता आफै टुक्रिने निष्चित छ। यसको सोझो फाइदा बङ्गालमा भाजपाले अवश्यै उठाउनेछ, निष्चितै छ। तर पहाड़को लागि पनि यो राजनैतिक परिवर्तनले कस्तो प्रकारको प्रभाव त ल्याउने हो कि, जनताले पर्खेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया