हनिप्रित पुलिसको पञ्जामा

हरियाणाः  हरियाणा पुलिसले जेलमा कैद डेरा सच्चा सौदा प्रमुख गुरमित रामरहिमकी बनाइएको छोरी हनिप्रितलाई पञ्जाबको जिरकपुर-पटियाला रोडमा पक्राउ गऱ्यो।

बलात्कारको मामिलामा दोषी ठहरिएर रामरहिमले जेलको हावा खाने बित्तिकै हनिप्रितले टाप कसेकी थिइन्। एक महिनादेखि हराएकी हनिप्रित उर्फ प्रियङ्का तनेजालाई हरियाणा पुलिस महानिदेशक बीएस सन्धूले पक्राउ गरेको पुष्टि गरेका हुन्।

राम रहिमलाई दोषी बताइएपछि भएको हिंसामा लिप्त रहेको भन्दै पुलिसले जारी गरेको 43 जनाको सूचीमा हनिप्रितको नाम शीर्षमा थियो। यो हिंसामा 41 जनाको मृत्यु र अन्य धेरै घाइते बनेका थिए। सरकारी सम्पतिहरू नष्ट गरिएको थियो।

हनिप्रितलाई सोधपुछको लागि पञ्चकुला लगिएको  पुलिस आयुक्त एएस चावलाले बताएका छन्।  ‘25 अगस्तको दिन भएको हिंसामा हनिप्रितको भूमिकाबारे जाँच हुनेछ,’ चावलाले बताएका छन्, भागेर जसको लुकेकी थिइन्, उसलाई पनि सोधपुछ हुनेछ।’

चावला अनुसार हनिप्रितसित एक अन्य महिला पनि साथमा थिइन्, उनलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नभन्दा अघि हनिप्रित दुइवटा टीभी च्यानलमा देखिएकी थिइन्। टीभीलाई भनेकी थिइन्, ‘हिंसाको आरोपले आहत छु, अवसादमा छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन