सञ्चबीर सुब्बाले आजदेखि सम्हाल्ने जीटीए सचिवालय

कालेबुङः जीटीए बोर्ड अफ एडमिनिस्ट्रेशनका कार्यकारी सदस्य सञ्चबीर सुब्बाले  4 अक्टोबरको दिनदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्। कालेबुङस्थित जीटीए सचिवालयस्थि आफ्नो कार्यालयबाट उक्त दिनदेखि कालेबुङ अनि कालेबुङवासीको सर्वाङ्गीन विकास अनि प्रशासनिक सुविधा उपलब्ध गराउन जनसेवामा तल्लीन रहनेछन्। आगामी 4 अक्टोबरको दिन 5 हजारभन्दा धेर समर्थकहरूको साथमा उनले आफ्नो कार्यालयमा उपस्थिति दिनेछन्। विज्ञप्ति जारी गर्दै सुब्बाले उक्त कुरा बताएका हुन्।

पेशाले शिक्षक रहेको सञ्चवीर सुब्बा गोर्खा जनमुक्ति मोर्चा, केन्द्रिय समिति सदस्य पनि हुन्। गोजमुमोका कतिपय शीर्षस्थ नेतृत्वहरूको क्रियाकलाप अनि सिद्धान्तहरूसको विरोध अनि जनताको पक्षमा निर्भिक बनेर अघि बढ्ने सञ्चबीर सुब्बाले गोजमुमोको कतिपय नेतृत्वहरूको कार्यशैली अनि नीतिमाथि असन्तुष्ट व्यक्त गर्दै सभासद् कल्याण देवानको विरूद्ध जीटीए चुनाउमा समेत निर्भिकतापूर्वक प्रतिद्वन्दिता जनाएका थिए भने उक्त समय पनि उलाई कालेबुङवासीको व्यापक समर्थन प्राप्त भएको थियो।

कर्मठ, निर्भिक अनि जनप्रिय युवा नेताको रूपमा कालेबुङभरि परिचीत सञ्चबीर सुब्बालाई जीटीए बोर्ड एडमिनिस्ट्रेशनको कार्यकारी सदस्यको रूपमा जनताले कसरी स्वीकार गर्ने हुन्, त्यो आजदेखि नै थाहा लाग्ने छ।   ‘म आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालन गर्दै कालेबुङ अनि कालेबुङवासीको पक्षमा उत्कृष्ट कार्यहरू गर्नेछु,’ खबरम्यागजिनसित सुब्बाले भने।

जीटीएको विरोधमा कालेबुङवासी एकिकृत बन्दै विरोध जनाइरहेको बेला सुब्बाले कार्यभार सम्हाल्ने भएका छन्। आज नै भाजपाका वरिष्ट नेता एवं सांसद एसएस अहलुवालिया पनि कालेबुङ आउने भएकाछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन