भाजपा नेतृत्वको विरोधमा कालो झण्डा अनि पोष्टरिङ

Exif_JPEG_420

कालेबुङः भाजपा राज्य अध्यक्ष दिलीप घोषको कालेबुङ आगमन हुन केहि घण्टाअघि नै भाजपा, सासंद एस एस आहलुवालिया अनि उनको विरोधमा व्यापक पोष्टरिङ साथै कालो झण्डा फहरिएको छ।

कालो झण्डा लगाउँदै जाप कार्यकर्ता

जन आन्दोलन पार्टीले भाजपा अनि भाजपा नेतृत्वको आगमनको विरोध जनाउँदै शहरमा आज बिहानैदेखि पोष्टरीङ गरेर मेन रोडभरि कालो झण्डा लगाएको छ। बजारका विभिन्न स्थानमा टाँसिएका पोष्टरहरूमा भाजपा नेतृत्वहरूको पाइला पहाडमा पर्नु लोदर बताउँदै आजको दिनलाई लोदर दिवसको रूपमा उल्लेख गरिएको छ।

पहाडमा 104 दिन बन्द हुँदा भाजपा नेतृत्वहरू कहाँ हराएका थिए? भन्ने प्रश्न राख्दै अहिले स्थिति साम्य भएपछि पुन: गोर्खाल्याण्डको मुद्दा अनि आश्वासन लिएर भाजपा नेतृत्वहरू पहाड आउनु सहनीय नरहेको पोष्टरमा उल्लेख छ। भाजपाको झुटो आश्वासन अब चाहिँदैन, भाजपा टोली गो ब्याक आदि लेखिएको पोष्टरहरूमा सासंद एस एस आहलुवालि

याको नाम उल्लेख गर्दै “अब हामीलाई मूर्ख नबनाउ” भन्ने  चेतावनी समेत दिइएको छ।

पार्टीसूत्रले दिएको जानकारी अनुसार आज भाजपा नेताको कालेबुङ आगमन अवधि पनि जन आन्दोलन पार्टीले उनलाई प्ला कार्डहरू लिएर विरोध जनाउनेछ। सम्भवत् उनलाई कालेबुङमा कालो झण्डा देखाउन सकिने सम्भावना पनि प्रबल बनेर गएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन