पोष्टरः गोर्खा विद्यार्थीहरूको विरोधको भाषा

कालेबुङः डम्बरचोकमा दुइजना विद्यार्थीहरू हातमा पोष्टर बोकेर बसेका थिए। ‘म पेदोङबाट आएकी हुँ, दिदी जलढकाबाट,’ निकी राईले भनिन्, ‘जब 11 जना आन्दोलनकारी शहिद बने, उतिखेर पनि आएनन्, इन्टरनेट बन्द, खाद्यमा नाकाबन्दी हुँदा पनि आएनन्। तीन महिना पहाडका मानिसहरू चरम सङ्कटमा थिए, कहिल्यै सोधिखोजी गरेनन्, जब पहाड शान्ति भयो तब किन आउनु?’

निकीले कसैको होइन, पहाडका सांसद एसएस अहलुवालियाको कुरा गरिरहेकी थिइन्। जो आज कालेबुङ आउने हल्ला थियो। निकी उनैको विरोधमा पोष्टरिङ गर्न डम्बचोक आएकी थिइन्।

पेदोङबाट पोष्टर बोकेर एक्लै आएकी निकीको भेट जलढकाकी विजया तामाङसित भयो। वाट्सएपमा भएको सल्लाह अनुसार नै विजया विरोध प्रकट गर्न जलढकाबाट आएकी थिइन्।

‘मैले यहाँका विद्यार्थीहरूसित पनि कुरा गरें, तर यहाँ उनीहरूलाई निक्कै गाह्रो रहेछ,’ निकीले भनिन्, ‘हामी दुई भयौं, यति काफी हो।’

गोर्खा स्टुडेन्सको व्यानरमा उनीहरूले डम्बरचोकमा सांसद विरुद्ध पोष्टर टाँसेँ।

‘गोर्खा विद्यार्थीहरूको भविष्य छुट्टै राज्यसित जोडिएको छ,’ निकीले भनिन्, ‘तर जसको लागि भनेर संसदमा प्रतिनिधि पठायौँ, अहिलेसम्म गोर्खाल्याण्ड शब्दसमेत उच्चारण गरेका छैनन्, यो त लाजमर्दो कुरा हो। यस्ता नेतालाई पहाडमा स्वागत होइन, विरोध गर्नुपर्छ।’

विजयालाई पनि चलिरहेको राजनीतिसित सन्तोक लागेको छैन। ‘नेताहरूले हाम्रो सपनासित खेलवाड गरिरहेको छ, यो सही होइन,’ उनले भनिन्, ‘जसको चरित्र सही छैन, उसको विरोध हुन्छ। आजको पोष्टर हामी विद्यार्थीको विरोधको भाषा हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन