चुनाउको लागि भाजपाको राजनीतिः  विनय

दार्जीलङः भारतीय जनता पार्टीले वर्ष 2019-मा हुने लोकसभा चुनाउलाई हेरेर मात्रै पहाड़मा राजनीति शुरू गरेको विनय तामाङले आरोप लगाएका छन्। उनले भने-गोर्खा जातिलाई गोर्खाल्यान्डको सपना देखाएर दार्जीलिङ लोकसभा आसनमा दुइपल्ट कब्जा जमाउने भाजपाका नेताहरुलाई पहाड़ आउँदा स्वागत जनाउने दार्जीलिङका पुराना नेताहरुले अपील गरेका थिए, तर कालेबुङमा भाजपा नेताहरुको लागि कुनै स्वागत कार्यक्रम भएन।

यसको ठीक उल्टा कालेबुङका जनताले कालो झण्डा देखाएर भाजपा नेता दिलीप घोषको विरोध जनाएका छन्। किनभने, हामीले अघिबाटै भाजपाका नेताहरु पहाड़ चड़्नअघिनै गोर्खाल्यान्डमाथि पार्टीको अड़ान स्पष्ट पार्नुपर्छ भन्ने माग गरेका थियौं, तर भाजपा नेताहरुले आफ्नो अड़ान स्पष्ट पारेनन्।

यसैकारणनै आज कालेबुङमा भाजपा नेताहरुले विरोधको सामना गर्न परेका छन्। उनले भने-गोर्खाल्यान्ड विषय लिएर भाजपाको अड़ान अहिलेसम्म स्पष्ट छैन, यस पार्टीले गोर्खाल्यान्डको बील संसदमा कहिले ल्याउँछ? यो पार्टीले गोर्खाल्यान्डको नाममा गोर्खा जातिलाई केवल धोका दिएको छ।

यसैले गोर्खा जातिले यस पार्टीलाई माफ गर्नु हुँदैन। उनले गोजमुमो अध्यक्ष विमल गुरूङलाई पुरानो नेताको संज्ञा दिंदै भने-पुरानो नेताले भाजपाका नेताहरुलाई पहाड़मा आउँदा स्वागत जनाउने जनतासमक्ष अपील गरेका थिए, तर भाजपा नेताहरुलाई स्वागतको साटो विरोध गर्नेहरुको संख्यानै बेसी देखियो।

किनभने, भाजपाले आगामी 2019-मा हुने लोकसभा चुनाउलाई हेरेरनै पहाड़मा राजनीति शुरू गरेको छ, अब पहाड़का जनताले भाजपाको यस्तो राजनीतिलाई पत्याउने छैनन्। यसैबीच, जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष एवं गोजमुमोका मुख्य समन्वयक तामाङले आगामी 7 अक्टोबरको दिन दार्जीलिङमा भव्यरूपले गोजमुमोको स्थापना दिवस पालन गर्ने निधो गरिएको पनि जानकारी गराए।

यद्यपि, उनले पार्टीको स्थापना दिवस कहाँ पालन गरिनेछ भन्नेबारे खुलासा गर्न नचाहे पनि दार्जीलिङ मोटर स्ट्याण्डमानै पार्टीको स्थापना दिवस पालन हुने सूत्रबाट जानकारी पाइएको छ। जसमा विनय तामाङ गुटले शक्ति प्रदर्शननै गर्ने पनि अनुमान लगाइएको छ भने यस दिन सम्पूर्ण पहाड़भरिबाट गोजमुमो समर्थकहरु यस कार्यक्रममा उपस्थित हुने अड़्कल छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन