सडेको शव फेला

डुवर्सः गठिया चिया कमानको गेट लाईनबाट टाउको कीराले खाइसकेको सडिसकेको पुरुषको शव नगरकट्टा पुलिसले उद्धार गरेको छ। उद्धार गरेका शव गठिया चिया कमान गेट लाईन निवासी विनोद साबारको (२४) रहेको पुलिसले बताएको छ। शवलाई पोष्टमार्टमको निम्ति जलपाईगढी पठाइएको पनि थाना सूत्रले जनाएको छ।

विहीबार कमानमा काम गर्न गएका श्रमिकहरुले कमानमा दुर्गन्ध आएको ठाउँमा हेर्दा एउटा मान्छेको शव देखे। घटनाको जानकारी पुलिसलाई दिइयो। घटना स्थलबाट पुलिसले शवलाई उद्धार गरेर थानामा ल्याएको थियो। थाना अधिकारीले जनाए अनुसार गेट लाईनका विनोद साबार गत २८ तारिकदेखि निखोज रहेको थिए अनि उनको दिमागी हालत पनि राम्रो थिएन।

मृतका भाई विनोद साबारले भने, ‘दाजु केही दिन अघिदेखि घरबाट लापता भएका थिए। आज मृत अवस्थमा चिया कमानमा फेला पऱ्यो। घटनलाई लिएर आज दिन भरि नै गठिया चिया कमानमा सनसनी मच्चिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन