बिएचयुमा फेरि छात्रामाथि हातपात

बनारसः बिनारस हिन्दू विश्वविद्यालय (बिएचयु)मा ऱ्यागिङ अनि छात्राहरूको सुरक्षाको मामिला नसक्दै क्याम्पसमा फेरि एक छात्रासित हातपात गरिएको घटना अघि आएको छ। समाचार एजेन्सी एएनआई अनुसार छात्राले छात्र विरुद्ध थानामा प्राथमिकी दर्ता गरेकी थिइन्। यसैको आधारमा पुलिसद्वारा आरोपीलाई पक्राउ गरिएको छ।

छात्रा समाजशास्त्र विभागकी रहेको दैनिक भाष्करले बताएको छ। रिपोर्ट  अनुसार छात्रले पहिले छात्राको मोबाइल फोन थुत्यो अनि गजट्याएपछि थप्पड हान्यो।

आरोपी छात्रले स्नातक गर्दैगर्दा युवतीसित आफ्नो सम्बन्ध रहेको तर अर्कैसित बिहे भएकोले झगडा भएको बताएका छन्।

बितेको 21 सितम्बर आफ्नो विभागबाट होस्टेल जाँदैगरेकी दृश्य कला सङ्कायका छात्रासित भारत कला भवन नजिक केही युवकहरूले दुर्व्यवहार गरेका थिए।  होस्टल पुगेपछि  त्रिवेणी होस्टेलका छात्राहरू राती सडक उत्रिएका थिए। उनीहरूलाई सम्झाईबुझाई फर्काइएको थियो तर भोलिपल्ट 6 बजीदेखि उनीहरूले सिंहद्वारमा धरना शुरू गरे।

23 सितम्बरको मध्यराती पुलिस अनि क्याम्पसका सुरक्षाकर्मीहरूले उनीहरूमाथि लट्ठीचार्ज गरेपछि छात्राहरूको शान्तिपूर्ण आन्दोलन हिंसामा रुपान्तर बनेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन