ऋतिक- कङ्गना विवाद अझ चुलिँदै

मुम्बईः अभिनेत्री कङ्गगना रनावतसित चलिरहेको विवादबारे ऋतिक रोशनले मौनता तोडेका छन्। ‘मलाई बेकारको लडाईँमा धकेलिदियो,’ ऋतिले भने, ‘अब वास्तविकता बताउने समय आयो।’
ऋतिक रोशनले कङ्गनालाई 2016-मा कानूनी नोटिस पठाएका थिए। किनभने कङ्गनाले उनलाई ‘सिली एक्स’ भनेकी थिइन्। ऋतिकको भनाई थियो, उनीहरूबीच कुनै सम्बन्ध थिएन।

तर कङ्गनाले भने उनीहरूबीच सम्बन्ध रहेको अनि ऋतिकले मिडियामा कथितरूपले उनको निजि उमेल लिक गरेर उनको चरित्रमाथि प्रश्न खडा गरिदिएको बताएकी छन्।

दुई कलाकारबीचको द्वन्द्वले दिनोदिन अर्कैरूप लिइसकेको छ, विवाद अझ चुलिएर गएको छ।

ट्विटरमा दिइएको वयानमा कङ्गनाको नाम नलिई ऋतिकले शुरुमा आफूले यसबारेमा ध्यान नदिएको तर अहिले मामिलाले खराब बाटो पक्रिएको बताएका छन्।
‘म मान्छु, यसमा मैले ध्यान दिइन, मलाई यसमा कुनै चासो भएन। प्रतिक्रिया गर्न मलाई सही पनि लागेन। तर जसरी बिमारलाई ध्यान नदिए त्यो घातक हुन्छ, उसरी नै दुर्भाग्यपूर्ण यो मामिला पनि घातक बन्दैछ’, ऋतिकले भनेका छन्।

आफू मौन रहेता पनि अर्को पक्ष लगातार बोलिरहेको र यो ‘सर्कस’ मा आफू संलग्न रहन नचाहने पनि उनले बताएका छन्।

मलाई यो खराब विवादमा विनावित्थामा मुछ्ने काम हुँदैन। मैले उनीसित कहिल्यै एक्लै भेटेको छैन। साथमा काम गरेको हो, तर हामीले एक्लै कहिल्यै भेटेनौं। वास्तविकता यही हो’, ऋतिकले भनेका छन्, ‘मिडियाले यसलाई ‘प्रेमी झगड़ा’ को नाम नदिएको राम्रो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन