घोष आक्रमण काण्डः दुईको पक्राउ

दार्जीलिङः पश्चिम बङ्गाल भाजपा अध्यक्ष दिलिप घोष अनि अन्य नेताहरूमाथि लातघुस्सी लगाउने दुईजनालाई दार्जीलिङ पुलिसले पक्राउ गरेको छ।

दार्जीलिङ पुलिस सूत्रले बताए अनुसार उनीहरू दुवैलाई ऋषिहाट चियाकमानबाट पक्राउ गरिएको हो। दुवैलाई आक्रमण काण्डमा संलग्न रहेको पुलिसले बताएको छ। पक्राउ पर्नेहरूमा ऋषिहाट चियाबारीका चन्दन सुब्बा र सन्ते गुरूङ रहेका छन्।

घटनापछि यता विमल गुरूङले दुइजनाको नाम लिएका थिए। रकगार्डनका सुबोध अनि कराटे काइँलाको नाम लिँदै गुरूङले उनीहरूलाई भाजपा नेताहरूमाथि आक्रमण गरिरहेको भिडियोमा देखिएको j उनीहरूलाई शीघ्र नै पक्राउ गर्नुपर्ने माग गरेका थिए।

थाहा लागेअनुसार सबोध र कराटे काइँला दुवैलाई आन्दोलनकालमा मुद्दा लागेको छ। यसैबाट बाँच्न उनीहरू तृणमूल काङ्ग्रेसमा सामेल भएका थिए। दुवै अहिले विनय तामाङ समूहमा सक्रिय रहेको विमल गुरूङपन्थीहरूले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन