दिलिप घोष लातघुस्सा काण्डः सोसल मिडियामा को को के भनिरहेका छन्? (1)

सत्यम तामाङ

दिलीप घोषलाई देशभरि छरिएर बसेका एक करोड़ तीस लाख गोर्खाहरुको चिन्ता लिने जरूरी छैन। ‘यदि गोर्खाल्याण्ड भयो भने पन्द्र लाख गोर्खाले मात्र उपभोग गर्न पाउँछन्। तर देशमा एक करोड़ तीस लाख गोर्खा छन्। उनीहरुको के हुन्छ ?’ भन्ने उनको भनाई उग्र जातिवादको नाङ्गो नक्सा हुन्। आरएसएस र बीजेपी -को मूल चरित्र मूल ‘एजेण्डा’ -को खुल्ला प्रदर्शनी हुन्। दिलीप घोषले के हामी पहाड़का गोर्खेहरुलाई यस्तो कुरा गरेर धम्की दिनु खोजेका हुन् ? कि सुझाव दिनु खोजेका हुन् ?!

के देशका अन्य जाती समुदायका नागरिकहरू सबै आ-आफ्नै सम्बन्धित राज्यमा मात्र बसोबास गरेका छन् त ? के बीजेपी बङ्गालको सत्तामा आए देशका अन्य राज्यहरुमा बसोबास गर्दै आइरहेका बङ्गाली समुदायलाई पश्चिम बङ्गालमा लिएर राख्छन् त दिलीप घोषले ? उनकै बङ्गाली समुदाय सबै पश्चिम बङ्गालमा मात्र राख्न सकेका छन् ? बस्न सकेका छन्?
दुइ पैसामा ईमान बेचेर रङ्गीन जीवन जिउन पल्केका सबै मोर्चाका ‘माल’ -हरुले दिलीप घोषको उक्त कुरूलाई खण्डन गरोस्। क्षेत्रीय दलमा अटाउनु नसकेर हो कि धुत्ने मौकाको कमीले हो ? दिलीप धोषको धुपौरे बन्न पुगेका ‘पानी मरुवा’ चम्चाहरुले पनि उक्त कुरोको प्रतिवाद जनाउने हिम्मत जुटाओस्। कोठामा बसेर फेसबुक -बाट आन्दोलन हाँक्ने स्व घोषित बुद्धिजीवी पत्रकारहरुले उक्त कुरोको स्पष्टीकरण मगोस्।

 

टीका भाइ

भाजपाले पनि बङ्गालको राजनीतिमा अलि-अलि उफ़्रिने ठाउँ पायो। …उनीहरूले जे खोजे त्यो पायो, हाम्राहरूको मुखे स्वाद मात्र। कालो झण्डा र प्रतिवादसम्म ठिकै हो, ‘पिटनु या मार्नु’ यो राजनैतिक संस्कारकै कारण मदन तामाङ मारिएका हुन्। हिजोको घटनामा खुकुरी चलेको भए अझ धेर सङ्कट र जवाबदेही बन्नु पर्ने थियो पहाड़। यो केवल मुख मिठाउने घटना होइन। प्रहरी बलको अनुपस्थितिबाट नै बुझिन्छ कि राज्यको आफ्नो राजनैतिक खेल पनि पाक्दैथियो। म भाजपाको राजनैतिक विरोधी हूँ, तिनीहरूको साम्प्रदायिक् अनि मिडियाखोर राजनीतिको ढटेर बिरोध गर्नेछु तर प्रोभोकेसनको शिकार बनेर मान्छे कुट्नु या हत्या गर्नुको विरोध गर्दछु। जातिक मुक्ति र अधिकार हुनुपर्दछ तर त्यो उग्र-जातिवादी राजनैतिक धरातलबाट होइन। भाजपा टीएमसी भन्दा ठुलो सङ्कट हो देशकै निम्ति तर त्यसको विरोध राजनैतिक रूपमा हुनुपर्दछ।

 

रुपेश शर्मा

घोष बाबुलाई अचानक भारतका एक करोड़भन्दा अधिक गोर्खाहरूको सुरक्षाको याद कसरी आएछ? कुन राग हो यो? सूर कि बेसूर!? भाजपाको द्वैत चरित्र कहिले अड़ानमा फेरिनु? दार्जीलिङलाई हेर्ने आँखाहरू पनि अचम्मकै छन्-कोलकाताबाट हेर्दा च्याप्टो देख्छन्, यही आएर हेर्दा गोलो। दिल्लीमा हेडमास्टरहरू सिर्कना लिएर बसिरा’छन्- ‘आँखा तिम्रै होउन्, जिब्रो हाम्रो हुनुपर्छ।’ राजनीतिको यो नयाँ ‘पोजिसन’ कुन-कुन ‘कम्पोजिशन’ मिलेर बनेको छ-अध्ययन नगरी धरै छैन गोर्खाल्याण्डप्रेमीहरूलाई।

 

प्रकाश हाङखिम

कुरा श्यामाप्रसाद मुखर्जीकै पालादेखि बिग्रिएको हो।
जब दार्जीलिङ बङ्गालमा थिएन त्यतिबेला देखि नै दार्जीलिङलाई बङ्गालमा गाभ्ने चलखेल सुरु भएको हो।श्यामाप्रसाद मुखर्जी त्यसताका जनसंघको नेता थिए।

त्यही जनसंघ जुन पछि अहिलेको भारतीय जनता पार्टी भयो।हिलमेन्स एसोसिएसनका प्रतिनिधि टोलीले दार्जीलिङलाई अलग संवैधानिक दिनुपर्छ भन्ने कुरामा मुखर्जीलाई बुझाउँदा मुखर्जीले दार्जीलिङको आबोहवा असल रहेको र बङ्गालकाहरुको निम्ति हिल स्टेसनको रुपमा राख्नु पर्छ भन्ने मन्तब्य जाहेर गरेका थिए।
श्यामाप्रसाद मुखर्जीको बिचारधारालाई बङ्गालका मुख्यमन्त्रीहरुले अक्षरश: अङ्गीकार गरे।पार्टी र विचारधारा जे नै भएता पनि अनि मुखर्जीको कट्टर हिन्दुवादी विचारधारा लाई बिरोध गरेता पनि बङ्गालका मुख्यमन्त्रीहरु थिए त बङ्गाली नै।

उनीहरुले दार्जीलिङ मुद्दामा मुखर्जीकै एजेन्डालाई अघि बढाए।दार्जीलिङका मानिसहरुको जीवनस्तर जति नै निम्नतम् स्तरमा किन नपुगोस् फगत स्वास्थ्यवर्धक हिल स्टेसन भन्दा अधिक केही ठानेनन्।यहाँका मानिसहरुको भावना र इच्छा जे जस्तो नै भएता पनि दार्जीलिङलाई बङ्गालको शिर भनेर नै प्रतिष्ठाको प्रश्न बनाइएको छ।

श्यामाप्रसाद मुखर्जीको दीर्घकालिक एजेन्डालाई अहिले सम्म वहन गर्न सकिरहेका छन् भने यता दार्जीलिङका नेता र राजनैतिक दलहरु भने हाम्रो माग यति सय बर्ष लामो र उतिसय सहिद भइसके भन्न मात्र सीमित छ।एउटा पुस्ताले थालेको आन्दोलन अर्को पुस्ता सम्म आइपुग्दा केही अघि बढेको हुनुपर्ने हो तर यहाँ प्रत्येक पल्ट त्यहीँबाट सुरु हुन्छ जहाँ बाट पहिला सुरु गरियो।

उल्टा क्षमता र सिमाना घट्दै गयो।राजनीतिलाई कमाई खाने भाँडो बनाएपछि यो भन्दा अर्थोक हुने केही होइन।पार्टी जेसुकै गर तर जातिगत भावना एउटै हुनुपर्छ भन्ने उनीहरुको भावना अहिले समणम पनि बुझ्न नसक्नु हाम्रो कमजोरी मात्र होइन मुर्खता पनि हो।छैटौं अनुसूची नै भित्रिएको भए पनि अहिले भन्दा बेस अवस्था हुन्थ्यो हाम्रो।

तर छैटौंले जाति टुक्राउँछ भनिन्थ्यो,छैटौं नथापेर नै पनि कहाँ टुक्रिएन र जाति।भविष्यमा बङ्गालमा जोसुकै मुख्यमन्त्री बिन नआउन् उनको दार्जीलिङ बारे अडान अन्य मुख्यमन्त्री भन्दा बेग्लै अवश्य हुने छैन।

हाम्रो लागि के तृणमूल,के कङ्ग्रेस,के माकपा अनि भाजपा ,सबै एकै हुन्। जब सम्म एक नागरिकको हैसियत हामीले थाहा पाउँदैनौं,जबसम्म भोटको समय हाम्रो भोट विखण्डित हुनदेखि बचाउन सकिन्दैन तब सम्म हाम्रो अवस्थामा सुधार आउनेवाला छैन।
कुरा बिक्नुपरयो,कुरा बिक्ने बनाउनुपरयो।

अनि यो काम हामी आफैले नगरेर अरु कसले गरिदिन्छ?

 

अशोक प्रशान्त

आहलुवालिया अनि कम्पनी दार्जीलिङमा आफ्नो धस्किएको जमीन मरम्मत गर्न आउने हुन्। केन्द्रको शातिर मौनता र गैरजिम्मेदारीले ममतालाई खेल्ने मैदान मिलेको हो। दार्जीलिङबाट उखेलिएपछि रहल बङ्गालमा पलाउने भाजपाको महत्वाकांक्षामा ममताले तातोपानी खन्याउने नै हुन्। ‘चोक्टा खान गाकी झोलमा डुबी मरी’ हुनेभयो भाजपालाई। जुमलाबाजीको राजनीतिको अन्त्य यसरी हुन्छ।
पहाड़ अर्को प्रचण्ड जनउभारको सङ्घारमा छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन