विमल र रोशन बाहेकको नयाँ मोर्चा बनिने सम्भावना

कालेबुङः गोर्खा जनमुक्ति मोर्चा कालेबुङ शाखा सचिव कुमार चाम्लिङले कालेबुङ मोर्चा शाखा विमल र विनय दुवैको पक्षमा रहेको अनि विनय तामाङहरूले ग्रहण गरेको जिटिए बोर्डमा कालेबुङ मोर्चाको समर्थन रहेको सङ्केत दिएका छन्।

‘जे भए पनि हाम्रै मानिस जिटीएमा छन्,’ चामलिङले भनेका छन्, ‘विनय तामाङहरू मोर्चामा नै छन्। उनीहरूलाई साथमा लिएर नै वार्तामा सहभागिता हुनुपर्ने कालेबुङ मोर्चाको धारणा हो।’

चामलिङको कुराले विमल गुरूङहरू जीटीएको विरुद्धमा गएर आन्दोलन गर्ने अनि विनय तामाङहरूले जिटीए ग्रहण गर्ने  मोर्चाको रणनीति नै थियो। यसै कारण कालेबुङ मोर्चा दुवैको पक्षमा छ। उनको दोधारे कुरा भए पनि कालेबुङ मोर्चा विमल गुरूङको होइन विनय तामाङको पक्षमा रहेको सङ्केत पनि उनले दिएका छन्।

दिनोदिन नै मोर्चाका नेताहरू विनय तामाङको समूहमा सामेल बन्ने क्रम जारी छ। यता कालेबुङका मोर्चा नेता सामुएल गुरूङले पनि विमल गुरूङको डेक्टेटरशिपको कारण जीटीएलाई गोर्खाल्याण्ड पुग्ने हतियार बनाउन नपाएको भन्दै आफू विनय तामाङ समूहको समर्थक रहेको घोषणा गरे।

कालेबुङमा हल्ला छ, मोर्चाका धेरै नेताहरू नयाँ मोर्चा बनाउने तयारीमा लागेका छन्। विनय तामाङ र अनित थापाले त्यो प्रक्रिया शुरु पनि गरिसकेका छन्। चलेको हल्ला अनुसार मोर्चाका केन्द्रिय नेताहरू मोर्चाबाट विमल गुरूङ र रोशन गिरीलाई बाहिर राखेर सबै विनय तामाङ समूहमा संलग्न बनेर मोर्चालाई नयाँ तरिकाले निर्माण गर्न चाहन्छन्।

सामुएल गुरूङलाई यसो सम्बन्धमा प्रश्न गर्दा उनले भने, ‘पार्टीको संविधान अनुसार हो भने यो सम्भव छ। पार्टीको संविधानलाई शिरोपर गर्नु हो भने यस्तो हुन पनि सक्छ।’

कालेबुङका एक नेताले नाम नलिने शर्तमा कालेबुङका धेरै नेता विनय तामाङ समूहमा संलग्न हुने तयारी चलिरहेको बताएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन