कालेबुङ जिल्ला मोर्चा विनयको पक्षमाः विनयहरूले जिटिए चलाउनु राम्रोः चामलिङ

 कालेबुङः  गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला कमिटीका मूलसचिव कुमार चामलिङले विनय तामाङ लगायत अन्यलाई लिएर बोर्ड अफ एडमिनिष्ट्रेसन बनाएर जीटीए सञ्चालन हुनु राम्रो कुरा रहेको बताएका छन्। आज कालेबुङमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चामलिङले उक्त मन्तव्य व्यक्त गरेका छन्।

हालैमा कालेबुङ जिल्ला समितीका अध्यक्ष डा. आर. बी. भुजेलको अध्यक्षतामा, विधायक सरिता राई, पूर्व सभासदहरू, पार्टी संयोजक तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकमा चर्चा गरिएपछि नै विनय तामाङहरूले जीटीए चलाउनु राम्रो रहेको बताइएको चामलिङले जानकारी गराएका छन्।

“हाम्रो मान्छे राखेर नै सरकारले अन्तरिम व्यवस्था चलाउँदैछ त्यो राम्रो भएको छ नत्र त्यो सरकारी मान्छेले मात्र चलाउने थियो,’ चामलिङले भने, ‘सरकारकै निर्देशमा मात्र त्यो व्यवस्था चल्नेथियो तर अहिले हाम्रो मान्छे त्यहाँ बसेर चलाउने भएकाले सम्पूर्ण जनताको हीतमा नै कार्य हुन्छ भन्ने हामीलाई लागेको छ।’

विनय तामाङ लगायत अन्यलाई लिएर बोर्ड अफ एडमिनिष्ट्रेटर बनाएर जीटीए सञ्चालन गर्नु राम्रो बताए तापनि चामलिङले मोर्चाको कालेबुङ जिल्ला समितीले विनय तामाङ अथवा विमल गुरूङ कुन खेमालाई समर्थन जनाउँछ भन्ने कुरा स्पष्ट पारेनन्।

“विनय तामाङहरूले पनि गोजमुमो कै झण्डा बोकेर हिँडिरहेका छन्। तिनीहरू अझ पार्टीमा नै छन् हामीले देख्दा अफिसियल्ली,’ उनले भने, ‘हाम्रो झण्डा चलाउँदैछन् भने उनीहरू हाम्रै पार्टीका हुन्।”

बोर्ड अफ एडमिनिष्ट्रेसनको पहिलो बैठकमा गोर्खाल्याण्डको पक्षमा प्रस्ताव लिएर आगामी वार्तामा राखिनुपर्ने प्रस्ताव आफूहरूले लिएको उनले बताएका छन। बन्दलाई लिएर अहिले पुन: विभिन्न किसिमको अफवाहहरू चलिरहेको भए तापनि कुनै पनि कुरामा विश्वास नगर्ने आह्वान पनि चामलिङले गरेका छन्।

“जबसम्म पार्टीले बैठक गरेर कुनै निर्णय लिएर घोषणा सार्वजनिक गर्दैन तबसम्म जनसाधारणले कुनै पनि अफवाहमाथि विश्वास नगरून अनि कसैले बन्द पुन: हुने अफवाह फैलाएर दिग्भ्रमित बनाउने कार्य पनि नगरून”,-चामलिङले भने।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन