विरोध गर्ने तरिका गलतः विमो

दार्जीलिङः हिजो दार्जीलिङ शहरमा बङ्गालका भाजपा अध्यक्ष दिलिप घोष अनि उनको सहयोगीहरूमाथि गोर्खाल्याण्ड समर्थकहरूले गरेको हातापाई एवं दुर्व्यवहार गरिएको घटनाको गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले विरोध प्रकट गरेको छ।

‘गोर्खाल्याण्डको वाचा गरेर लोकसभा चुनाउ जितिसकेपछि गोर्खाल्याण्डकै विरोध गरेकोमा आक्रोषित जनताले उनको विरोध गरेका हुन्,’ विमो प्रवक्ता सन्दिप छेत्रीले भने, ‘तथापि विरोध गर्ने तरिका गलत रहेकोले यस घटनाले हामीलाई दुखित बनाएको छ।’

यसै घटनाको विरोधमा बङ्गालका माननीय राज्यपाल केजरीनाथ त्रिपाठी, भाजपा राष्ट्रिय अध्यक्ष अमित शाह, दार्जीलिङका सासंद एसएस अहालुवाहलिया समेतले उक्त घटनाको निन्दा गरेका छन्। छेत्रीअनुसार 104 दिनसम्म पहाड़ बन्द भएर  पहाड़का मानिसहरूले व्यापक समस्या भोग्दा, दिउसै 11 जना आन्दोलनकारीहरू मारिँदा, लाठीचार्ज, रबर बुलेट र बुलेट चल्दा अबला नारीहरूलाई पक्राउ गर्दा, स-साना नानीहरूको स्कूल बन्द गरिँदा, सिलगढीमा पहाड़को राशिन रोक्दा, झुटो मुद्दाहरू लगाएर धडपकड़ गरिँदा भने उनीहरू एकै शब्द पनि बोलेनन्। तर आफ्नो नेतामाथि हमला गरिँदा एकमुख भएर उनीहरू विरोधमा उत्रिए। गोर्खाहरूको पीर मर्का र उनीहरूको पुकार नसुन्ने सरकार आफ्नो नेतामाथि हमला हुँदा बौरिए।

‘हाम्रा सांसद आहलुवालिया एवं अन्य शीर्षस्थ नेताहरूले हमलाको विरोध गर्नुको साथसाथै हमला किन गरियो तथा गोर्खाहरू भाजपा नेताहरूसित किन असन्तुष्ट छन् भन्ने कारण पनि छानविन गरून् भन्ने हामी सुझाउ दिन चाहन्छौं,’ छेत्रीले भने, ‘भाजपाको नेता माथि यस्तो हुदा बङ्गाल भरि बिरोधको जुलुस निकाल्ने भाजपाले भोट दिएर 2 पल्टसम्म सांसद बनाउने जनताको अत्याचार अनि गोर्खाल्याण्डको लागि पनि त्यसरी नै आवाज बुलन्द गरिदिनुपर्ने थियो।’

दुइ चार जना बङ्गाली नेताहरू जसले प्रत्यक्ष अप्रत्यक्षरूपमा गोर्खाल्याण्डको विरोध गरेको कारण आवेशमा आएर गोर्खाहरूको आक्रमण गर्दा आतिने नेताहरू  धेरै वर्षदेखि अत्याचार सहेर बाँचिरहेका गोर्खाहरूको सपनालाई पनि अनुभव गर्नुपर्ने छेत्रीको भनाई छ।

‘हरेक समय तिमीहरूलाई पर्दा सब गोर्खाहरू अघि आएर बोलेका छन्  तर हामीलाई पर्दा चै तिमीहरू किन बोलेनौ?,’ छेत्रीले भने, ‘घटनाको विरोध गर्ने  दिलfप घोष, अहालुवालिया, अमित शाहहरूले यस प्रश्नको  जवाब पनि दिनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन