विद्यार्थीहरूले टाँसेको पोष्टर च्यातियो

दार्जीलिङः गोर्खा विद्यार्थीहरूले दार्जीलिङमा टाँसेको पोष्टर च्यातिदिएको छ।  गोर्खाल्याण्ड बाहेक केही चाहिन्न, गोर्खाल्याण्ड नै चाहिन्छ भन्ने कुरालाई बुलन्द गर्न पहाड़का विद्यार्थीहरूले हिजो विरोध प्रदर्शन गरेको थियो।

राजनैतिक चलखेल, सांसद र भाजपाको मौनताको विरोधमा विद्यार्थीहरूले दार्जीलिङमा पोस्टर टाँसेका थिए, तर एक रात पनि पुरा नभइ भित्ताबाट सम्पूर्ण पोष्टरहरू च्यातिएको सुमेन्द्र तामाङले बताएका छन्।

‘पोष्टर च्यातिनु गणतन्त्रको हत्या हो,’ तामाङले भने, ‘यो हाम्रो आवाजदेखिको डरको कारण पनि पोष्टर च्यातिएको हो, हामीलाई हेपेर पनि पोष्टर च्यातिएको हो। यद्धपि हामीले हाम्रो कुरा राख्न पाउनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन