नाथुला पुगिन् रक्षामन्त्रीः चाम्लिङले रक्षामन्त्रीलाई भने-दार्जीलिङको आन्दोलनको कारण सिक्किमले दुःख पाइरहेको छ

गान्तोकः रक्षामन्त्री निर्मला सीतारमणले शनिबार जब भारत-चीन सिमामा स्थित नाथुला क्षेत्रको भ्रमण गरेका थिए तब सिमाको अर्कोतिर रहेका चिनी सैनिकहरूले उनको फोटो उतारे।

सितारमणले ट्विट गर्दै भनिन्, ‘मैले सिमा बारको पछितिर धेरै चिनी सैनिकहरू देखेँ, जसले नाथुला पुग्दा मेरो फोटोहरू लिइरहेका थिए।’ उनले यहाँ सेना तथा भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) अधिकारिहरूसित कुराकानी गरे। सिक्किमको सिमावर्ती क्षेत्रमा डोकलाम र अग्रिम चौकीको हवाइ सर्वेक्षण खराब मौसमको कारण रद्द गरियो।

सिक्किमको एक दिवसीय भ्रमणमा आएका सीतारमण गान्तोकदेखि 52 किलोमिटर टाडामा रहेको नाथुला सडक मार्ग पुगिन्। उनले त्यहाँ तैनाथ सेना तथा आईटीबीबी अधिकारीहरूसित कुराकानी गरिन्। सीतारमणलाई नाथुला पुगेको समय सलामी दिइएको थियो।

उनलाई पूर्वी कमानका चीफ लेफ्टिनेन्ट जेनरल अभय कृष्णाले सिक्किम सेक्टर चीन-भारत सीमामा सुरक्षा तयारीबारे जानकारी दिए। उपसेना प्रमुख लेफ्टिनेन्ट जनरल सारथ चन्द्रा पनि त्यहाँ उपस्थित थिए। उनले पछिबाट सिक्किमका मुख्यमन्त्री पवन चामलिङसित पनि उनको आधिकारिक आवासमा भेट गर्दै सेना तथा राज्यको वन विभागबीच भूमि मुद्दासमेत विभिन्न मुद्दाहरूमा राज्य सरकारलाई हस्तेक्षप गर्नुपर्ने बताए।

चामलिङले राज्य सरकारको तर्फबाट  हस्तक्षेप गर्ने आश्वासन दिए। मुख्यमन्त्रीले छिमेकी पश्चिम बङ्गालको दार्जीलिङमा पार्वतीय क्षेत्रमा चलिरहेको आन्दोलनको कारण सिक्किमका मानिसहरूले भोग्न परिरहेको असुविधाबारे पनि जानकारी गराए। उनले सिक्किमलाई देशको अन्य भागसित जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग एनएच-10 अवरूद्ध हुने गरेको कारण धेरै आर्थिक नोक्सानी भोग्न परिरहेको पनि बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया