मुकुल रोय नयाँ पार्टी बनाउने ताकमा

नयाँ दिल्लीः तृणमूल काङ्ग्रेसबाट निलम्बित नेता मुकुल रोयले एक नयाँ राजनीतिक दल बनाउन सक्छन्। पश्चिम बङ्गालमा आउनेवर्ष हुने पञ्चायत चुनाउमा आफ्नो राजनैतिक भविष्य खोज्न सक्छन्।

मुकुल रोय भाजपामा सामेल हुनसक्ने अनुमान गरिएको थियो तर भाजपा सूत्रले अनुमान गरेअनुसार रोयले आफ्नो राजनैतिक शक्ति देखाउन आफ्नै सङ्गठन बनाउन सक्छन्।

‘पञ्चायत चुनाउमा लड्न हरेक सिटको लागि मसित उम्मेदवारहरू छन्,’  मुकुल रोयले पनि भनेका छन्,  ‘तर राज्यसभाबाट राजिनामापछि नै म भविष्यको रणनीति तयार पार्नेछु।’ तृणमूल काङ्ग्रेसबाट निलम्बित नेता अफ्नो राज्यसभा सीटबाट अर्को हप्ता राजिनामा दिन राजधानीमा छन्। उनले राजिनामा सुम्पन राज्यसभा सभापतिलाई समय मागेका छन्।

कुनै बेला तृणमूल काङ्ग्रेसमा मुख्यमन्त्री ममता व्यानर्जीपछि दोस्रो नम्बरका नेताको हैसियत राख्ने  रोयलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै 6 वर्षकोको लागि पार्टीबाट निकालिएको छ। रोयले 25 सितम्बरको दिन भनेका थिए, ‘दुर्गा पूजापछि पार्टीबाट राजिनामा दिनेछु।’

राज्यसभाबाट राजिनामा दिएपछि आफ्नो राजनैतिक बाटो बनाउन उनी स्वतन्त्र बन्नेछन्।  ‘तृणमूल काङ्ग्रेसका धेरै नेता अनि कार्यकर्ता अनि पार्टीबाट असन्तुष्ट मानिसहरूसित मेरो सम्पर्क छ,’ उनले भनेका छन्।

दिल्ली पुगेर उनले शुक्रबार  बङ्गाल काङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधरी अनि  माकपाबाट निष्कासित नेता रिताब्रत व्यानर्जीलाई पनि भेटिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया