कालेबुङमा पनि फीफा अन्डर-17 विश्व कप उत्सवः जिल्ला पुलिसद्वारा फुटबल वितरण

कालेबुङः फिफा अन्डर-17 विश्व कपको उत्सव आज कालेबुङमा पनि मनाइयो। भारतमा भइरहेको फीफा विश्व कपको म्याच कलकत्तामा पनि भइरहेको कारण यसलाई सफल बनाउन अहिले पश्चिम बङ्गाल सरकारद्वारा राज्यको विभिन्न ठाउँहरूमा विश्व कप उत्सव पालन गर्दै फूटबको प्रचार-प्रसार गरिने काम भइरहेको छ। पश्चिम बङ्गाल सरकारको यसै अभियानलाई पालन गर्दै आज कालेबुङको मेलाग्राउण्डमा एक भव्य समारोहमाझ फिफा अन्डर-17 विश्व कपको उत्सव पालन गरियो। कालेबुङ जिल्ला पुलिसद्वारा आयोजित यस कार्यक्रमबीच कालेबुङका विभिन्न फूलबल क्लब, स्कूल, सङ्घ-संस्था आदि गरी 117 वटा समुहलाई फूटबल वितरण गरियो।

कार्यक्रमका मुख्य अतिथिका रूपमा उपस्थित कालेबुङ जिल्लपाल डा. विश्वनाथले विश्व कपको लोगो अङ्कित बेलुन उडाएपछि आरम्भ भएको कार्यक्रममा जिल्ला पुलिस अधिक्षक अजीत सिंह यादवले स्वागत सम्बोधन राखेका थिए।

स्वागत सम्बोधन राख्दै यादवले फीफा विश्वकपमा मणिपुरबाट 6 जना अनि सिक्किमबाट एकजना खेलाडीले अङ्शग्रहण गरिरहेको बताउँदै आगामी दिनमा कालेबुङबाट पनि देशलाई प्रतिनिधित्व गर्ने खेलाडीहरू निस्किनमा यस्ता कार्यक्रमहरूले प्रोत्साहन प्रदान गर्ने उनले बताए।

‘आज हामीले फूटबल मात्र दिएका छैनौँ तर खेलाडीहरूलाई उनीहरू सपना दिइरहेका छौँ’-यादवले भने, ‘कालेबुङबाट खेल क्षेत्रमा धेरै उत्कष्ट खेलाडीहरू रहेको छ जसलाई हेरेर सम्पूर्ण कालेबुङले गर्व गर्ने गरेको छ।’

अर्कोतिर कार्यक्रमका मुख्य अतिथिका रूपमा उपस्थित जिल्लपाल डा. विश्वनाथले कालेबुङमा खेलो इण्डियाको स्पोर्ट्स एकाडेमी बनाइने घोषणा गरे। यसका निम्ति पश्चिम बङ्गाल सरकारद्वारा स्वीकृति पाइसकेको अनि चाँडै खेलकुद सम्बन्धी सबैसित बैठक गर्ने बताए। उनले यस एकाडेमीमार्फत विश्वस्तरका खेलाडीहरू  निकाल्न सकिने बताए। उनले आउने दिनमा जतिपनि खेलाडी रहेका छन् उनीहरूलाई विश्वस्तरका सुविधाहरू पनि प्रदान गरिने जानकारी दिए।

कार्यक्रममा एसडीएमओ ए. सिमलाङ्दी, अवकाशप्राप्त डीसीपी(कलकत्ता पुलिस) रिजेनन्ड नाम्चु, पूर्व फूटबल खेलाडीहरू श्याम लामा, सोनाम भोटिया साथै विभिन्न पुलिस अधिकारी एवं विभिन्न क्लब, स्कूल, सङ्घ-संस्था आदिका सदस्यहरू उपस्थित थिए। यसै कार्यक्रममाझ पूर्व फूटबल खेलाडीहरू श्याम लामा, सोनाम भोटिया, ताइक्वाण्डो खेलाडी त्रिलोक सुब्बा आदिलाई जिल्ला पुलिसको पक्षबाट सम्मान पनि जनाइयो। कलाकारहरूद्वारा प्रस्तुत गरिएको गीत, नाटक, नृत्य आदिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन