मिरिकमा पुलिसी छापामारी र तोडफोडः घरको भित्तामा टाँस्यो ‘सरेण्डर करो’ लेखिएको नोटिश

विज्ञापन

मिरिकः सौरेनी समष्टिका गोर्खा जनमुक्ति मोर्चाका महासचिव पूर्णसिंह राईको नोलडाँडामास्थित घरमा पुलिसले छापामारीको क्रममा व्यापक तोडफोड गरेको छ।

स्थानीय मानिसहरूले बताए अनुसार राईको घरको सरसमान नष्ट गरिदिएको छ। नोलडाँडामास्थित कमानको घण्टी समेत पुलिसले लगेको स्थानीयवासीले बताएका छन्। यता गोजमुमो नोलडाँडा शाखा सचिव अञ्जित तामाङका अस्सी वर्षिय आमालाई पुलिसले धम्की दिएको बताइएको छ।

पुलिसले ‘तेरो छोरोको लाश हेर्ने विचार छ?’ भनेको पनि अञ्जित तामाङले बताएका छन्। नोलडाँडामा पुलिसको छापा यो चौथोपटक रहेको पुर्णसिह राईले बताएका छन्।

‘पुलिसले जे नै गरुन्, दुई चार जना नेता बिक्दैमा गोर्खाल्याण्डको आवाजलाई कसैले दबाउन सक्दैन,’ पूर्णसिंह राईले भने, ‘पुलिसले मेरो घरको भित्तामा ‘सरेण्डर करो’ भनेर नोटिश टाँसेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया