आज 63 को भइन् रेखा

रेखा आज 63 को भइन्।   10 अक्टोबर 1954-को दिन जन्मिएकी थिइन्। उनको बाबा तमिल एक्टर जैमिनी गणेशन अनि आमा तेलुगु एक्ट्रेस पुष्पावल्ली हुन्।

बलिउडमा सबैभन्दा राम्री हिरोनीमध्ये एक हुन रेखा। जतिखेर फिल्ममा आइन, त्यतिखेर अलिक ओभरवेट थिइन्। हेर्दा ठिकैको थिइन्। तर पछिपछि सबैमा निखार आउँदै गयो। अहिले र उनलाई ‘एभरग्रीन व्युटी’ भनिन्छ।

अमिताभ बच्चनसितको जोडी खुप फापेको थियो रेखालाई। अभिताभसितको फिल्म नै धेरै हिट बन्यो। तर जितेन्द्रसितै रेखाले धेरै फिल्म खेलिन्। जितेन्द्रसित लगभग 26 वटा फिल्म केलिन, जसमा 15 वटा सुपरडुपर हिट छ।

‘कामसूत्रः अ टेल अफ लभ (1996)’, यो फिल्ममा रेखालाई देखेपछि सबै छक्क परे। फिल्ममा प्रेम सिकाउने शिक्षिका छन्। यस्तो भूमिकामा देखेपछि धेरैले नाक खुम्चाए। तब जब फिल्म हेरे, सबै ढुक्क भए।

सानैमा तेलेगु फिल्म ‘रङ्गुला रत्नम (1966)’ खेलेकी हुन रेखाले। 1969 मा कन्नड़ फिल्म ‘अप्रेशन जैकपट नल्ली सीआईडी 999’ –मा पहिलोपल्ट हिरोनीकोरूपमा देखापरिन्। फिल्म राम्रो चल्यो। तमिल भएकीले हिन्दी बोल्न गाह्रो पर्थ्यो रे रेखालाई। तर ‘उमराव जान (1981)’ को लागि उर्दू पनि सिकिन्।

त्यो फिल्म खुब चल्यो। सम्झनलायक फिल्महरूमा त्यो पनि एउटा हो रेखाको।

रेखा कमिक्स पढ्न मन पराउँछिन्। उनलाई मन पर्ने कमिक्स क्यारेटर डेनिस द मेनेस तथा आर्ची हुन्। फिटफाट राख्न योग गर्छिन्। अहिले पनि कति राम्री छिन्। खाना र व्यायामको सन्तुलन, त्यसको कारण मान्छिन् रेखा।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन