फेरि शुरु भयो बोडोल्याण्ड आन्दोलनः अनेकौं रेल बन्द

असमः असमको कोकराझार स्टेशनमा नाकाबन्दीको कारण उत्तर बङ्गाल अनि उत्तर पूर्वका धेरै रेल उत्तरी बङ्गाल अनि असमका विभिन्न स्टेशनमा आज बिहान 6 बजीदेखि रोकिएको छ।

बोडोल्याण्ड छात्र सङ्घ (बिएसयु)-ले अलग राज्य बोडोल्याण्डको मागमा नाकाबन्दी गरिरहेको छ। यता नयाँ अलिपुरद्वार स्टेशनमा पनि सराईघाट एक्सप्रेस रोकेको छ। अलटाग्राम स्टेशनमा यसवन्तपुर एक्सप्रेस बन्द छ। नयाँ मैनागुडी स्टेशनमा सम्पर्क क्रान्ति एक्सप्रेस रोकिदिएको छ।

जलपाईगुड़ी रोड स्टेशनमा उत्तर-पूर्व एक्सप्रेस रोकिएको छ। यी बाहेक अन्य धेरै रेलहरू रोकिएको छ।  रेलवे प्राधिकरण  बिएसयुलाई नाकाबन्दी फिर्ता लिने अनि रचनात्मक आन्दोलन गर्न अनुरोध गरिरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन