भारत- नेपाल प्रबुद्ध समितिले दियो १९५०-को सन्धि फेरिने सङ्केत

काठमाडौँः भारत-नेपाल प्रबुद्ध समितिले दुइ दिनअघि काठमाडौँमा गरेको बैठकपछि सन् १९५० को शान्ति तथा मैत्री सन्धि फेरिने सम्भावना बढेको छ। समितिका नपालपक्षका प्रबुद्ध व्यक्तिहरूले पत्रकार सम्मेलन गरेर यस्तो सङ्केत दिएको कान्तिपुरले बताएको छ।

‘सन्धिको धारामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै देश सहमत हुने नेपाली प्रबुद्ध पक्षको दाबी छ,’ कान्तिपुरले भनेको छ।

समितिमा दुइ देशका प्रतिनिधिहरू रहेपनि एकैपक्षमा काम गरिरहेको नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले बताएका छन्। उनैले अहिलेको सन्धिको फेरिन सक्ने सङ्केत पनि गरेका हुन्।

भारत-नेपालका समग्र दुईपक्षीय सम्बन्ध, सम्झौता र १९५० को शान्ति तथा मैत्री सन्धिको विवादित पक्ष केलाएर पुनरावलोकन वा विस्थापित गर्नेबारे सुझाव दिन यो  संयुक्त समिति बनाइएको हो।

काठमाडौंमा भएको बैठकपछि थापाले १९५० को सन्धि सच्याउने कुराभन्दा धेर ‘यो सन्धि यही रूपमा रहँदैन’-मा नै दिएका थिए। यद्धपि उनले सन्धि पुनरावलोकनका लागि भएका प्रस्तुतिमा साझा धारणा नबनिसकेको प्रष्टाएका छन्।

उनले व्यापार, पारवहन, सुरक्षा, आप्रवासन, साझा धारणा, अन्तर्राष्ट्रिय चासो, भारत-नेपाल समग्र सम्बन्ध, सीमाको अवस्थालगायत कुनै पक्ष नछाडी छलफल गरिरहेको बताएका छन्।


फोटोसाभारः कान्तिपुर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन