मुकुल रायले दलका सबै पदबाट दिए राजीनामा

New Delhi: Suspended Trinamool Congress leader Mukul Roy shows his resignation letter that he submitted to the Vice President, during a press conference in New Delhi on Wednesday. The party co-founder Mukul Roy on Wednesday resigned from all party posts and his Rajya Sabha membership. PTI Photo by Kamal Singh (PTI10_11_2017_000129A)

नयाँ दिल्ली, 12 अक्टोबर :

तृणमूल कङ्ग्रेसका निलम्बित नेता तथा सांसद मुकुल रायले बुधबार दलका सबै पदबाट राजीनामा दिएका छन्। यसका साथै उनले पार्टीका सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरे। उनी राज्यसभा सांसद छन्।  दिल्लीमा रायले राज्यसभाका सभापति र उपराष्ट्रपति वेङ्कैया नायडूलाई राजीनामा सुम्पिए। उनले पत्रकार सम्मेलन डाकेर पार्टी छोड़्नु पर्दाको दुःख व्यक्त गरे।

‘‘मन गह्रौं बनाएर भनिरहेछु, म दल छोड़िरहेछु’’, मुकुलले भने ‘‘17 दिसम्बर 1997 को दिन तृणमूल कङ्ग्रेसको स्थापना पत्रका लागि दिएको आवेदनमा म पहिलो व्यक्ति हुँ, जसको हस्ताक्षर छ। त्यस समय थाह थिएन, यस्तो समय पनि आउनेछ।’’

उल्लेखनीय छ, दल गठनको प्रायः 20 वर्षपछि आज उनले ममता ब्यानर्जीको पार्टीसँग सम्बन्ध विच्छेद गरे। केही वर्षयता, पार्टीबाट किरानीकृत मुकुलले भारतीय जनता पार्टीसँग नाता जोड़े, राज्यको सत्तारूढ़ दलको टाउको दुखाइ शुरु हुने राजनैतिक पर्यवेक्षकहरूको ठम्याइ छ। दलको साङ्गठनिक गतिविधिसँग तृणमूल स्तरमा जोड़िएका मुकुलको पकड़ बलियो छ। मुकुलले दल त्यागेर भाजपामा सामेल भए, उनीसँगै पार्टीका केही अन्य शीर्ष नेतृत्वहरू पनि केन्द्रको सत्तारूढ़ दलमा प्रवेशिने चर्चाले अहिले राज्यको राजनीति तातिएको छ। मुकुलले दलका धेरै भित्री कुराहरू जान्दछन्।

यदि उनी भाजपामा सामेल भए ममता सरकार सकसमा पर्ने निश्चित छ। उसै पनि राज्यका यी दिग्गज नेता केही वर्षयता भाजपाको नजिकमा रहेको मानिँदैछ। धेरै अवसरमा उनी भाजपाका नेताहरूसँग देखिएका छन्। मुकुललगायत तृणमूल कङ्ग्रेसका अन्य शीर्षस्थ नेताहरूलाई आफूतिर तानेर भाजपाले ममता सरकारमा राजनैतिक भुइँचालो ल्याउने रणनीति बनाइरहेको छ। मुकुलले केही दिन अघि भाजपा नेता एवं पश्चिम बङ्गाल राज्य प्रभारी कैलाश विजयवर्गीय र वित्तीय मन्त्री अरूण जेटलीसँग भेट गरिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन