पुलिसको दाबीः भारीमात्रामा हतियार बरामदः एकको पक्राउः मोर्चा समर्थकहरू घाइतेः पेदोङबाट पनि हतियार उद्दार

दार्जीलिङः दार्जीलिङ जिल्ला पुलिस अधिक्षक अखिलेश चक्रवर्तीले वर्न्सवेग बगान नजिक विमल गुरूङ अनि उनीसित रहेका जिएलपी जवानहरूले प्रयोग गर्ने भारीमात्रामा हतियार भेटेको दाबी गरेका छन्।

उनी अनुसार विमल गुरूङ र उनीसित रहेका जिएलपी जवानहरूले भाग्दाभाग्दै पुलिसको छापामारी टीममाथि गोली चलायो। जवाबमा पुलिस पक्षबाट पनि गोली चलाइएको हो।

‘उनीहरू भागे तर त्यहाँ एकजनालाई भने पक्राउ गरिएको छ। पक्राउ पर्नेले त्यहाँ दुइ महिनादेखि विमल गुरूङले क्याम्प हालेको  हामीलाई बताएका छन्,’ पुलिस अधिक्षकले भने, ‘गोलीबारीमा उनीहरू पनि घाइते भएको हुनसक्छ, किन भने हामीले त्यहाँ रगत देख्यौँ।’

एके-47, जीएल पिस्तोल, 20 वटा जिलेटिन, डेटोनेटरलगायत विस्फोटक सामाग्री भेटिएको उनको दाबी छ।

‘हतियार हेर्दा नर्थइष्टबाट नै आयात गरिएको हुनसक्छ,’ उनले भने।

दावा लेप्चालाई पनि यूएपीए मुद्दा

यता पेदोङको मूल साक्योङबाट पनि कालेबुङ पुलिसले हतियार र विस्फोटकहरू भेटेको दाबी गरेको छ। कालेबुङ जिल्ला पुलिस अधिक्षक अजितसिंह यादवले दाबी गरे अनुसार उनीहरूले बुद्ध राई अनि सुमन छेत्रीको घरमा छापा मारेका थिए।

यसैअवधि पुलिसले विभिन्न हात-हतियार र विस्फोटकसहित  विवेक राई र राखी छेत्रीलाई पक्राउ गरिएको बताएका छन्। अझ दुइजनामाथि केरकार चलिरहेको पनि बताएका छन्। जिलेटिन, डेटोनेटर, जिएल पिस्तोल, राइफललगायत विस्फोटक बनाउने सामाग्री भेटिएको उनले दाबी गरेका छन्।

यस मामिलामा संलग्न रहेको आरोपमा पेदोङका पूर्व सभासद् दावा लेप्चा अनि फुब नाम्गेललाई युएपीए अन्तर्गत मुद्दा लगाइएको बताएका छन्।

दार्जीलिङमा गोलीबारी चलेको खबर फैलिने बित्तिकै बिहान पेदोङ अचानक बन्द भएको थियो। दावा लेप्चाको विमल गरूङसित पारिवारिक सम्बन्ध रहेको बताइन्छ भने पेदोङका मोर्चा समर्थकहरू अझसम्म पनि विमल गुरूङकै पक्षमा बसेका छन्।

बिहान पेदोङ बन्द भएको हल्ला चल्ने वित्तिकै पुलिसको एउटा समूह पेदोङ गएको थियो। बेलुकी पुलिसले यसै क्षेत्रमा हतियार बरामद गरेको हो।

के के भाइरल छ?

सोसल मिडियामा अहिले गोलीबारी भएको क्षेत्रमा एक दर्जन जति लाश देखापरेको पोष्टहरू भाइरल भएको छ। यद्धपि यसको कतै कहीँ पुष्टि भने भएको छैन। यता विमल गुरूङ सुरक्षित स्थानमा पुगेको खबर पनि भाइरल छ, यसको पनि पुष्टि कसैले गरेका छैनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन