चामलिङ र विनयको बैठक सिक्किमलाई बङ्गालको जिल्ला बनाउने चलखेल होः गोरांक

गान्तोक, 29 मार्च


सिक्किमको मुख्यमन्त्री पवन चामलिङ र जीटीएका मनोनित अध्यक्ष विनय तामाङबीच गत 27 मार्चको दिन भएको बैठकलाई गोर्खा राष्ट्रिय कांग्रेस (गोरांक) ले पश्चिम बङ्गाल, दार्जीलिङ र सिक्किमको निम्ति लाभदायक नभएर सिक्किमलाई बङ्गालको एउटा जिल्ला बनाउने चलखेल मात्र रहेको बताएको छ।

गोरांकका अध्यक्ष भरत दोङले प्रेस बयान जारी गर्दै भनेका छन्, राष्ट्रीय राजमार्ग 10 सिक्किमको जीवन रेखा हो भने सिक्किम दार्जीलिङलाई आफ्नो बनाउन सक्ने समय 1986 सालदेखि चलेर आइरहेको छ तर यसो हुन नसक्नुमा बङ्गाल सरकारसमक्ष सिक्किमका नेतृत्वले आँटको नभएको कारण यस्तो माग राख्नसक्दैन।

उनले भनेका छन्, सिक्किम र दार्जीलिङको सीमा क्षेत्रमा पुल बनाउँदा दार्जीलिङ र सिक्किम दार्जीलिङ एकिकरणले सिक्किम एउटा वैभावशाली राज्यमा परिणत हुनेछ। कहिले बङ्गालले सिक्किमलाई स्याण्डवीच बनायो अनि कहिले सिक्किम विधानसभामा गोर्खाल्याण्को बील पारित गर्नु र यस्तै अन्य बयानबाजी मात्र नगरेर दार्जीलिङ सिक्किमको भू-भाग हो या होइन भन्ने प्रश्नको जवाफ दिने गोरांकले सिक्किम सरकारलाई माग गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन