हतियार काण्डमा बङ्गालको हात रहेको गोजमुमो सिक्किमको दाबी विमल गुरुङलाई 30 अक्टोबरमा लाखौं जनताले समर्थन गरेर ल्याउनुपर्छः गणेश छेत्री

 गान्तोकः ‘छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनमाथि ममता र जाति बेचुवा विनय तामाङ र अनित थापाले षड्यन्त्र गरेर हाम्रो इमान्दार नेता विमल गुरुङलाई जङ्गलमै मारेर आन्दोलन समाप्त गर्ने चाल चलिरहेको छ। जसको फलस्वरूप हिजो दार्जीलिङमा पुलिस लगाएर गोजमुमो प्रमुख विमल गुरुङलाई मार्ने षड्यन्त्र यिनै तीनजना नेताहरूले गरेका थिए त्यसमा पुलिस आफैले हतियार राखेर अध्यक्षलाई फसाउने चाल चलेको हो,’ यस प्रकारको मन्तव्य गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सिक्किम राज्य शाखा अध्यक्ष गणेश छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै व्यक्त गरेका हुन्।

उनले घटनाको घोर भत्सर्ना गर्दै जनता अघि आउनुपर्ने र पार्टी अध्यक्षको सुरक्षा गर्नुपर्ने आह्वान गरे। अध्यक्ष छेत्रीसमेत गोजमुमो सिक्किम राज्य शाखाको सल्लाहकार जय कुमार राई, कार्यकारी सदस्य, युगेन गुरुङले पत्रकारहरुसित कुराकानी गर्दै भने, ‘आगामी 30 अक्टोबरको दिन अध्यक्ष विमल गुरुङ जनता अघि कुनै पनि हालतमा आउने छन् तर यसपाली उनलाई प्रशासनले, सरकारले होइन तर जनताले अघि ल्याउनुपर्छ। यसको निम्ति सिक्किम, दार्जीलिङ, डुवर्स र सम्पूर्ण भारतभरिका गोर्खाहरूले उनलाई साथ दिनुपर्छ। लाखौं जनताको साथमा विमल गुरुङलाई अघि ल्याउनुपर्छ किनभने अहिले आएर दुधको दुध पानीको पानी छ्यातछ्यती भइसकेको छ को इमान्दार छ अनि को गद्दार छ त्यो स्पष्ट भएको छ यसकारण गोर्खाल्याण्ड प्राप्तिको निम्ति एकमात्र नेता विमल गुरूङलाई जनताको साथ चाहिएको छ।’

उनले सिक्किमबाट पनि पार्टी समर्थक र जाति समर्थक हजारौं जनताले सहयोग गर्ने र विमल गुरुङलाई स्वागत गर्नको निम्ति 30 अक्टोबरको निम्ति गोजमुमो सिक्किम शाखाले तयारी शुरु गरेको अनि धेरै संख्यामा उनलाई स्वागत गर्न पुग्ने अनि सबै गोर्खाल्याण्डप्रेमीहरूले पनि यसको निम्ति अघि आउनुपर्ने आह्वान गरे। उनले दार्जीलिङको हतियार काण्डमा पुनः आपत्ती जनाउँदै भने, ‘आन्दोलनलाई समाप्त गर्ने र अध्यक्ष विमल गुरुङलाई मार्न ममता, विनय र अनितले रचेको चाल हो अनि सबै हात हतियार पुलिसले आफै ल्याएर राखेर आतङ्क सिर्जना गर्दै विमल गुरुङलाई दोषी देखाउने प्रयास गरिरहेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन