पातलेबासमा लाग्यो आगोः लेप्चा बस्ती आतङ्कित (फोटो फिचर)

दार्जीलिङः पातलेबास गोर्खा जनमुक्ति मोर्चाको कार्यालयदेखि केही पर हिजो राती लागेको आगो केही मोर्चा कार्यकर्ताहरूको रहेको थाहा लागेको छ।

सोसल मिडियामा छाएको विमल गुरूङको घर जलेको खबर झुटो प्रमाणित भएको छ। उनको घरमा आगो लगाइएको छैन तर पूर्णरूपले तोडफोड भने गरिएको छ।

 

जम्मा पाँचवटा घर जलेको बताइएको छ। मोर्चा नेता दिनेश थिङ, राजेश थिङ लगायत विमल गुरूङहरूसितै युएपिए मुद्दा लागेका प्रवीण सुब्बाको घर अनि स्थानीय व्यापारी अमिश्चन्द्र गुप्ताको राशिन दोकान पूर्णरूपले जलेको छ।

हिजोराती 1 बजी ती घरहरूमा आगो लगाइएको थियो। यद्धपि, आगो लगाउनेहरूबारे कसैलाई कुनै जानकारी छैन।

बिहान 5 बजी अग्निशमन विभागका वाहनहरू घटनास्थल पुगेको थियो।

बताइए अनुसार स्थानीय गाउँमा अधिकांश नै पुरुष सदस्य घरमा छैनन्। महिलाहरूले घटनाबारे कुनै जानकारी नभएको बताएका छन्। पुलिसले छानबिन शुरु गरेको छ।

‘हामीलाई सुरक्षा र शान्ति चाहिन्छ, आगो कसले किन लगाएको हो हामीलाई थाहा छैन, तर यसप्रकारको घटनाले हामी असुरक्षित बनेका छौँ, गाउँमा अशान्ति छाएको छ,’ स्थानीय महिलाहरूले भनिन्।

यता, तकभर भ्याली लेप्चाबस्ती पुलिसको नियन्त्रणमा रहेको अपुष्ट खबर छ। बताइए अनुसार सीआरपीएफ र पुलिसले बस्तीमा खानतलासी जारी राखेको छ। बस्तीवासीमा आतङ्कको माहौल छ।

सीआरपीले  स्थानीयहरूलाई केरकार र कुटपिट गरेको, घर भत्काइदिएको खबर पनि आइरहेको छ। मुठभेड भएको स्थानमा कसैलाई जान दिएको छैन। पत्रकारहरूसमेतलाई जान नदिइएको बताइएको छ भने मुठभेडमा के के भयो, त्यो अझ बाहिर आउन पाएको छैन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया