आँखामा पट्टि बाँधेको सरकारको आँखामा पट्टि बाँधेरै विरोध

दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दार्जीलिङमा भएको गोलीबारी र आगलागी काण्डको भर्त्सना जनाउँदै दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गऱ्यो।

‘छुट्टै राज्य माग्नेलाई गोली ठोक्नु गणतन्त्र होइन, अपराध पनि होइन। संविधानले दिएको अधिकारको निम्ति लडाईँ गर्नेहरूलाई बङ्गाल सरकारले अत्याचार गरिरहेको छ,’ एक प्रदर्शनकारीले खबरम्यागजिनलाई भने, ‘यो बरबरता हामी सहने छैनौँ। यति सबै हुँदा पनि केन्द्र सरकार आँखामा पट्टि बाँधेर बसेको छ। सरकारको यो मौनताको विरोध गर्दै कालोपट्टि आँखामा लगाएर प्रदर्शन गरेका हौँ।’

धेरैको संख्यामा उपस्थित बनेका गोर्खाहरूले जन्तरमन्तरमा राज्य सरकारको तानाशाह र केन्द्रको मौनताको विरुद्ध आँखामा पट्टि बाँधेर प्रदर्शन गरेको हो।

‘जति पनि सिआरपीहरू देखाइँदैछ, उनीहरू सिआरपी होइनन्, टिएमसी कार्यकर्ताहरू हुन्, जसले हाम्रा चेलीहरूलाई बलात्कार गर्न खोज्दैछन्, लुटपाट गर्दैछन्, घरहरू जलाउँदैछन्, अन्धधुन्ध गोली चलाउँदैछन्, यसको हामी घोर विरोध गर्छौँ,’ अर्को प्रदर्शनकारीले पन भने, ‘टिएमसी र बङ्गालसित मिलेका विनय तामाङहरूले नै यो अशान्ति गर्दैछ। कुनै ठूलो दुर्घटना भए यसको जिम्मेवार राज्य सरकार हुनेछ।’

अर्का प्रदर्शनकारीले शीघ्र नै केन्द्रले यसबारे हस्तक्षेप गरेर कार्वाही गर्नुपर्ने पनि बताए। ‘मानवाधिकारवादी सङ्गठनहरूले पहाड गएर वास्तविकता सार्वजनिक गर्नुपर्छ, राज्य सरकारको आतङ्क अब सहन सक्दैनौं। भारतभरिका गोर्खाहरू यो अत्याचारको विरोध गर्छौँ। जति नै दबाए पनि हामी आन्दोलन र मुद्दा दब्न दिनेछैनौं,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन