दार्जीलिङ चिया उद्योगको लागि चिया बोर्डले केन्द्रलाई दियो 100 करोड़को प्रस्ताव

कोलकाता: चिया बोर्डले दार्जीलिङ चिया उद्योगको लागि केन्द्रलाई 100 करोड़ रुपियाँको एक प्याकेज प्रस्ताव गरेको छ। दार्जीलिङ टी एसोसिएशन (डीटीए) ले  राजस्व हानीको क्षतिपूर्ति अनि  उप्रान्त उत्पादन शुरू गरिञ्जेलसम्म श्रमिकहरूलाई भुक्तान गर्न ठूलो प्याकेजको माग गरेको थियो।

चिया बोर्डका अध्यक्ष पी के बेजबरुआले पीटीआईसित भने, ‘हामीले सङ्कटग्रस्त दार्जीलिङ चिया उद्योगलाई सहयोग गर्न वाणिज्य मन्त्रालयलाई 100 करोड़ रुपियाँको एक प्याकेज प्रस्ताव गरेका छौं। किन भने लामो बन्दको कारण कुल उत्पादनमा धेरै हानी भएको छ। मागिएको राशि बगानमा बढेको झाडी छाँट्नलाई हो।’

उनी अनुसार सरकारले दार्जीलिङको 87 वटा बगानको नोक्सानीको भरपाई गर्न सम्भव छैन।‘डुवर्स र दक्षिण भारतमा, हरियो पत्ताको मूल्यमा ह्रास एको कारण साना उत्पादकहरू धेर नोक्सानमा छन्, उनीहरूले केवल हरियोपत्ता ल्याउन डिजलको निम्ति मात्र भुक्तान गर्न सकिरहेका छन्,’ उनले भने।

दार्जीलिङ बन्दको कारण मनसुन फ्लस र प्रिमियम नष्ट गरिएको भन्दै उनले बन्द अवधि बगान बन्दको घोषणा नगरिएको तर बन्दको कारण कर्मचारीहरूले कुनै रिपोर्ट पनि गर्न नसकेको बताए।बन्द हटियो तर धेरै मात्रामा श्रमिकहरू अनुपस्थित रहेकोले बगान सफाईलाई प्रबावित पारेको पनि उनले बताए।डीटीएका एक अधिकारीले केही अघि भनेका थिए, ‘कुल श्रमिकमा लगभग 60 प्रतिशत कर्मचारीहरूले बन्दपछि कामबारे रिपोर्ट दिएनन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन