खरसाङमा जिटीएविरुद्ध पोष्टरिङ

खरसाङ: गोर्खा राष्ट्रिय युवा मोर्चा( जीएनवाईएफ)द्वारा जीटीए गो व्याक भन्दै लेखेको पोष्टर खरसाङ बजारको विभिन्न क्षेत्रमा देखिएको छ। खरसाङ बजारको मोटर स्ट्याण्ड, अस्पताल मोड, पार्क लोकेशन आदि क्षेत्रमा पोष्टर छ।

पोष्टरमा जीटीए पहाड र गोर्खाहरुको स्थायी समाधान होइन भन्दै जीटीए गो ब्याक लेखिएको छ। पोष्टरमा बङ्गाल सरकारले पहाड र गोर्खाहरुको लागि चाहेको राजनैतिक स्थायी समाधान के हो भनी जीएनवाईएफले प्रश्न गरेको छ।

अर्कोतिर गोरायुमोद्वारा खरसाङमा मुख्य संयोजक राकेस राईको अध्यक्षतामा सभा बसेर बजारमा पोष्टरिङ गरेको बताएका छन्। सभामा गोरायुमोद्वारा खरसाङ क्षेत्रको विभिन्न शाखाहरुबाट प्रतिनिधिवर्ग उपस्थित थिए। सभामा पहाडमा भइरहेको घटनाहरुको एनवाईएद्वारा जाँच गरिनु पर्ने माग गरिएको छ।

सभामा निर्णय लिए अनुसार चाँड़ै गोरायुमोद्वारा खरसाङ क्षेत्रको विभिन्न क्षेत्रमा साङ्गठनिक कार्यक्रम गर्ने भएको छ। यस अन्तर्गत पहिलो सभा आगामी १७ अक्टोबरको दिन गाडीधुरामा हुने भएको छ। सभामा केन्द्र सरकारले पनि गोर्खाल्याण्ड हुन्छ भने हुन्छ अनि हुँदैन भने किन हुँदैन भनी खुलस्त पार्नु पर्छ भनी माग गरिएको छ।

सभामा मुख्य संयोजक राकेस राई लगायत सोनादाबाट वाङ्दी भोटिया, तीनधारेबाट अमीत प्रधान,खरसाङ टाउनबाट दिपक गजमेर उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन