मृत्यु निश्चित छ तर गोर्खाल्याण्डको निम्ति मर्नु अहोभाग्यः पूर्णसिंह राई

मिरिकः गत १३ अक्टोबरको दिन तकभर लिम्बुबस्तीमा भएको गोलीकाण्ड पछि त्यहाँको वास्तविकता जनतासामु आउन बङ्गाल सरकार र प्रशासनले रोक लगाइरहेकोमा गोजमुमो सौरेनी समष्टिका महासचिव एव बिद्रोही नेता पूर्णसिंह राईले घोर भर्त्सना जनाएका छन्।

उनले जनताको सूचना एंव मानवअधिकारको हनन बङ्गाल सरकारले गरिरहेको अभियोग लगाउँदै यस समयमा गोर्खाल्याण्डको निम्ति बनिएको गोर्खाल्याण्ड राष्ट्रिय समिति किन बोल्दैन? भनि प्रश्न गरेका छन्।

पूर्णसिंह राईलाई लाग्छ, यो बङ्गाल सरकारले षड्यन्त्र गरी बिमल गुरूङलाई मारेर गोर्खाल्याण्डको आवाज सँधैको निम्ति दबाउने प्रयास हो। यसैले यो  अतिक्रमण गरिरहेको छ, तर यो गणतान्त्रिक आवाज गोर्खाहरूको चिन्हारीको एउटै माग गोर्खाल्याण्डको आवाज कदापि दब्दैन।

‘लिम्बुबस्तीमा पुलिस र सीआरपीएफले अत्यचार गर्दैछ , मान्छे कुटदैछ, घर तोडदैछ, सायद चेलीबेटीमाथि बलात्कार समेत गरेनन् भन्न मिल्दैन,’ राईले भने,  ‘यस्तोमा त्यहाँ गणतन्त्रको चौथो स्तभ्म मानिने पत्रकारहरूलाई समेत जान नदिएर बङ्गालले क्रुरताको परिचय दिएको छ। तर सत्यलाई कसैले छोप्न र ढाक्न सक्दैन।’

उनले पुलिसले घर तोडेर यातना दिने प्रयास गरिरहेको बताए। ‘जति नै प्रयास गरे पनि मभित्रको गोर्खाल्याण्डप्रतिको समर्पण र त्याग पटक्कै मर्नेछैन,’ उनले भने, ‘मृत्यु निश्चित छ तर गोर्खाल्याण्डको निम्ति मर्नु अहोभाग्य ठान्छु, तर जनतासँग गद्दार गर्दिन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन