दार्जीलिङको स्थायी सामाधानबारे सुझाव आयो भने सरकारले चर्चा गर्नेछ-ममता व्यानर्जी

कलकत्ताः नवान्नमा विनय तामाङ, अनित थापालगायत गोरामुमो, गोर्खालिगका प्रतिनिधि अनि तीन विधायकहरूको उपस्थितिमा मुख्यमन्त्री ममता व्यानर्जीले बैठक गरिन्। उनले स्पष्ट भाषामा पहाडको विकास गर्ने पक्षमा नै राज्य सरकार रहेको अनि स्थायी सामाधानको सुभाव आए चर्चा गर्ने बताइन्।

उनले भनिन्, ‘पहाडको स्थायी सामाधानको निम्ति हामीलाई सुझाव आयो भने सरकारले त्यसबारे चर्चा गर्नेछ। तपाईँहरूले नै सुझाउनुहोस्, त्यसमा हामी चर्चा गर्छौं। तर सामाधान सरकारले नै गर्ने छ, दार्जीलिङ बङ्गालको खास हिस्सा हो। अन्तराष्ट्रीयस्तरमा दार्जीलिङको नेम र फेम छ, हामी पहाडको विकास चाहन्छौँ।’

उनले बैठकमा पहाडको विकास र शान्तिको मुद्दामा चर्चा भएको बताइन्। ‘पहाडको कुनै पनि दल पहाडमा अशान्ति चाहन्नन्, सबै नै पहाडको विकास होस्, शान्ति छावोस् र रोगजारको बाटो निस्कियोस् भन्ने चाहन्छन्। यसैबारे हामीले चर्चा गऱ्यौँ,’ उनले भनिन्, ‘शान्ति फर्काउन जे पनि गर्नुपर्छ बैठकमा मिलेर नै गर्नेबारे कुरा भएको छ। अघिल्लोपल्ट दार्जीलिङमा झडपमा मरेकाहरूबारे जुन क्षतिपूर्तिको कुरा भएको थियो, त्यसमा पनि चर्चा भयो। जिटीएको आउटस्ट्याण्डिङ बीलबारे चर्चा भयो, वेतन र कामकाजको लागि दिइनुपर्ने बीलमाथि इक्जामिन् गर्नेछौँ।’

उनले बन्दमा तीन महिना काममा नगएका कर्मचारीहरूबारे पनि चर्चा भएको र यसबारे पनि आफूहरूले कुनै छुट दिने नदिनेबारे चर्चा गर्ने बताइन्। यी सबै विषयका सामाधान निकाल्न 21 नोभेम्बरको दिन सिलगढीको पिन्टेल भिलेजमा अर्को बैठक गर्ने पनि उनले बताएकी छन्।

यता पहाडबाट केन्द्रिय वाहिनी फर्काएको सन्दर्भमा पनि उनले कुरा गरिन्। केन्द्रले न्यायालयको निर्देशलाई अवमानना गरेको अनि यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसित कुरा गरेको बताइन्।

‘स्थिति साम्य गर्न समय लाग्छ। बिजेपीको नेता पहाड जाने वित्तिकै उनीहरूको रिपोर्टको आधारमा केन्द्रिय वाहिनी फर्काइयो। हाम्रा पुलिस अधिकारीको मृत्यु भएको छ, प्रचुर हातहतियार, विष्फोटक भेट्टाइएको छ,’ मुख्यमन्त्रीले भनिन्, ‘दार्जीलिङ चिकननेक क्षेत्र हो, नर्थइष्ट्रन, भुटान-नेपाल गेटवे हो, उनीहरूले (विमल गुरूङहरूले) हातहतियार नर्थइष्टबाट ल्याएका छन्। उनीहरू के गरिरहेका छन्, दूधको दूध पानीको पानी छ, यस्तोमा केन्द्रिय वाहिनी फर्काउनु राम्रो निर्णय होइन।’

उनले केन्द्र सरकार भाजपा कार्यालयबाट चलिरहेको आरोप पनि लगाइन्। उनले केन्द्र सरकारले बङ्गाल विभाजन गर्न खोजिरहेको भन्दै अपराधीहरूलाई सहयोग गरिरहेको आरोप पनि लगाइन्।

‘भाजपाले कुन गेम प्लान गर्दैछ, त्यो हामीलाई थाहा छ,’ उनले भनिन्, ‘केन्द्रिय वाहिनी फर्काउने निर्णय राजनैतिक र प्रशासनिक दुवैपक्षबाट गलत हो। बिजेपीले राजनैतिक षडयन्त्र गर्दैछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन